प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुषाल बिजयी
काठमाडौं ।
प्रतिनिधिसभाकाे उपसभामुखमा पुष्पा भुसाल विजयी हुनुभएको छ । शुक्रबार संसदमा भएकाे मतदानमा गठबन्धनकाे साझा उम्मेदवार नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित हुनुभएको हो।
शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहनुभएकी सांसद भुसालले १ सय ४८ मत ल्याउदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद विद्या भट्टराईले ९३ मत पाउनुभयो । मतदान प्रक्रियामा एक जना सांसद सहभागी भएका थिएनन् ।
प्रतिनिधिसभाको दोस्रो बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि रिक्त पदमा शुक्रबार चुनाव भएको हो ।