स्याङ्जाका वृद्ध रामपुरमा मृत भेटिए
पाल्पा ।
स्याङ्जाका एक वृद्ध पाल्पाको रामपुरमा मृत अवस्थामा फेला परेका छन्।
रामपुर नगरपालिका ६ विजयपुर चोकमा स्याङ्जा चापाकोट ७ हिलेमराङ घर भई हाल रामपुर ५ मा बस्दै आएका भुवन दमाई मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मंगलबार मृत अवस्थामा फेला पर्ने ६९ वर्षका दमाईको शरीरमा कुनै पनि चोटपटक तथा घाउ नदेखिएको प्रहरीको भनाई छ । शवको पोष्टमार्टमका लागि रामपुर अस्पतालमा राखिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको पाल्पाका प्रहरी प्रवक्ता विरेन्द्र थापाले जानकारी दिनुभयो ।