2

Logo २०८३ बैशाख १३ आइतबार
सुर्य लाइफ इन्स्योरेन्सबाट मृत्यु दाबी भुक्तानी रकम प्रदान

सुर्य लाइफ इन्स्योरेन्सबाट मृत्यु दाबी भुक्तानी रकम प्रदान


समिर पौडेल प्रकाशित मिति : शनिबार, असार १८ २०७९
2.9K

पाल्पा ।

सुर्य लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी रकम प्रदान गरेको छ।

इन्स्योरेन्सको रामपुर शाखाले रामपुर नगर पालिका वडा न ५ बेझाड नहर अफिस बस्ने बिमित दुर्गा बहादुर थापा मगरको निधनमा उहाँका परिवारलाई मृत्यु दाबीको चेक हस्तान्तरण गरेको हो ।

मृतक थापाको निबासमा एक कार्यक्रम गरि थापाका श्रीमती कुबिजा थापा मगरलाई सुर्य लाइफ इन्स्योरेन्स कम्पनिका शाखा प्रमुख बिष्णु प्रसाद लम्सालले बिमाङ्क रकम पाँच लाख र बोनस १ लाख ६० हजार गरि ६ लाख ६० हजार रुपैयाको चेक हस्तान्तरण गर्नुभयो।

इन्स्योरेन्स रामपुर शाखाका प्रमुख लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा ग्लोबल आइएमई बैक शाखा कार्यालय रामपुरका प्रबन्धक बाबुराम लम्साल सहित सहभागीले बोल्दै आर्थिक सुरक्षाको लागि बिमा अति महत्वपूर्ण रहेको बताउनुभयो ।

बिमा हस्तान्तरण कार्यक्रमको सन्चालन एजेन्सी मेनेजर रबि दर्लामीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com