अपाङ्गता भएकालाई रामपुर नगरपालिकामा परिचयपत्र बितरण
पाल्पा ।
रामपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचय पत्र वितरण गरेको छ।
अपाङ्गता भएकाहरुलाई नयाँ परिचयपत्र र पहिले नै परिचय पत्र भएकाको अबस्था अप्डेट अनुरुप परिचय पत्र बितरण गरिएको रामपुर नगरपालिकाले जनाएको छ । नगरपालिका कार्यालयमा चलेको अपाङ्गता परिचय पत्र बितरण २ दिने शिविरमा नगरपालिकाका विभिन्न वडाका नागरिकले अपाङ्गता परिचय पत्र बनाएका छन् ।
पहिलो दिन ३० जनाले अपाङ्गता परिचय पत्र लिएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिनुभयो । ४ बर्ग मध्य क बर्गको रातो कार्ड ५ जना, ख बर्गको निलो कार्ड १७ जना, ग बर्गको पहेलो कार्ड ७ जना र घ बर्गको सेतो कार्ड १ जनालाई प्रदान गरिएको नगरपालिकाका सहायक महिला विकास अधिकृत सिर्जना रेग्मीले जानकारी दिनुभयो ।
शनिवार समेत नगरपालिका कार्यालयबाट बाकी नागरिकलाई अपाङ्गता परिचय पत्र दिइनेछ ।