2

Logo २०८३ बैशाख १३ आइतबार
कांग्रेस उपसभापति गुरूङ सवार गाडी दुर्घटना

कांग्रेस उपसभापति गुरूङ सवार गाडी दुर्घटना


Sabalnews प्रकाशित मिति : बिहिबार, असार १६ २०७९
1.3K

रामेछाप ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ ।

रामेछापको गोगनेमा गुरूङसहित ५ जना सवार बा १९ च १८३९ नम्बरको स्कारपियो सडकबाट चिप्लिएको हो ।

अचानक गाडी सडकको ट्र्याक छाडेर छेउतर्फ गएको तर, ढुंगाको ओट लागेर रोकिएको उपसभापति गुरूङले बताउनुभयो । ‘ढुंगाको ओट लागेकाले ठूलो दुर्घटना हुनबाट जोगियो,’ गुरुङले भन्नुभयो।

गाडीको एकातर्फको दुवै टायर सडकभन्दा बाहिर पुगेपनि क्षति भने नभएको र सबैजना सकुशल रहेको गुरुङले बताउनुभयो ।

गाडी तान्न एक्साभेटर बोलाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com