2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर आयुर्वेद शाखाले मनायो योग दिवस

रामपुर आयुर्वेद शाखाले मनायो योग दिवस


Sabalnews प्रकाशित मिति : मंगलबार, असार ७ २०७९
1.5K

पाल्पा ।

आठौं अन्तर्राष्ट्रिय योग दिवस पारेर रामपुर नगरपालिका आयुर्वेद शाखाले योगा तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।

रामपुर आयुर्वेद शाखा र पतन्जली योग समिति रामपुरको समन्वयमा भएको योग साधनामा रामपुर क्षेत्रका ५० नागरिक एकाबिहानै सहभागी भई योग अभ्यास गरेका थिए ।

रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले योग अभ्यासले निरोगी र फुर्तिलो बनाउने बताउनुभयो । योगबारे जानकार भएपनि विगतमा मानिस व्यस्तताले योगप्रति ध्यान नदिएपनि पछिल्लो समय सामुहिक जुटेर वा घरमा दैनिक योगा गर्ने बढेको बताउनुभयो ।

पतन्जली योग समिति रामपुरका योग गुरु दामोदर भण्डारीले नियमित योग, आहारमा ध्यान दिन सकिए धेरै रोगबाट छुट्कारा पाइने बताउदै धेरै स्थानमा योग शिबिर हुँदै आएकोले जहाँ सहज हुन्छ त्यहाँ योगमा सामेल हुन आह्वान गर्नुभयो ।

कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीको अध्यक्षता र वडा नम्बर ७ का वडाध्यक्ष दोबराज तिवारीको स्वागत र रामपुर आयुर्वेद शाखा प्रमुख चेमन प्रकाश पोखरेलको संचालनमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com