2

Logo २०८३ बैशाख १३ आइतबार
नीति तथा कार्यक्रममा समेट्न बगनासकालीमा पत्रकार संग सुझाव संकलन

नीति तथा कार्यक्रममा समेट्न बगनासकालीमा पत्रकार संग सुझाव संकलन


Sabalnews प्रकाशित मिति : सोमबार, असार ६ २०७९
1.3K

पाल्पा ।

जिल्लाको बगनासकाली गाउँपालिकाले पाल्पाका  पत्रकारहरु संग राय सुझाव संकलन गरेको छ । गाउँपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा समेट्ने गरि पत्रकारका दृष्टिमा पर्ने बिषयबस्तु सुझावको रुपमा संकलन गरेको गाउपालिकाले जनाएको छ।

समाजका बिषयबस्तुमा पत्रकारले प्रायः जानकार राख्ने हुँदा पत्रकारहरु संग सुझाब संकलन गरिएको बगनासकालेव गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनुभयो । चिदीले यही बर्ष सबै बाटोहरुलाई हिलो र धुलो मुक्त बनाउन योजना बनाएर लाग्ने बताउनुभयो । सुशासन सहितको सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखेको बताउदै उहाले नागरिकको मन छुने र सकारात्मक विकासको मोडलमा गएर नमुना गाउँपालिका बनाउने बताउनुभयो ।

वडा स्तरमा अधिकतम अधिकार दिदै वडा कार्यालय र स्वास्थ्य कार्यालय भवनहरु निर्माण, किसानलाई कृषि र पशु क्षेत्रमा आत्मनिर्भर बनाउने योजना प्राथमिकतामा पार्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरि पाठकले नितिगत भ्रष्टाचार रोक्दै सबैखाले भ्रष्टाचार हुन नदिने बताउनुभयो । गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले सञ्चार क्षेत्रसंग जोडिएर सुचनाको क्षेत्रमा हुने खर्च पारदर्शी हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रवक्ता थापाले बर्षको कम्तिमा ३ पटक खर्च सार्वजनिक गर्ने बताउदै सञ्चार क्षेत्रबाट आएको सुझावलाई कार्यान्वयन गर्ने प्रतिवद्वता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीले सबै पक्षको सुझाव संकलन गरेर नीति तथा कार्यक्रम निर्माण गर्न प्रयास गरेको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष गोविन्द भट्टराई, बगनासकाली पत्रकार समुहका अध्यक्ष दिपक ढुङ्गानाले कृषि उत्पादन, भौतिक पुर्वाधार, आत्मनिर्भरता, बगनासे ताल्चाको प्रवर्धन, माटोको भाँडा प्रवर्धन, मादल व्यवसायीलाई प्राथमिकता राख्न सुझाव दिनुभयो ।

पत्रकारहरु कृष्ण पोखरेल, किरण कौशल, भोजराज भट्टराई, विष्णु घिमिरे, विजय बौडेल, नेत्र गैरे, जगदिश भट्टराई, कृष्ण कार्की, भोजराज भट्टराई, यज्ञमुर्ती तिमिल्सेना, रामचन्द्र रायमाझीलगाएतले कृषि, पर्यटन, पत्रकार सबलिकरण कार्यक्रम, पारदर्शिता, दलित, विपन्न वर्ग, शुसासन, अनुगमनका बिषयमा सुझाव व्यक्त गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com