2

Logo २०८३ बैशाख १३ आइतबार
सारथी अस्पतालले पत्रकारलाई निशुल्क चेकजाँच गर्ने

सारथी अस्पतालले पत्रकारलाई निशुल्क चेकजाँच गर्ने


Sabalnews प्रकाशित मिति : बिहिबार, असार २ २०७९
617

कैलाली ।

नेपाल प्रेस युनियन कैलालीको समन्वयमा धनगढीको सारथी अस्पतालले पत्रकारलाई निशुल्क चेकजाँच गर्ने भएको छ । अस्पतालले कैलालीका पत्रकारलाई ओपिडी चेकजाँच पूर्ण रुपमा निशुल्क र अन्य सेवामा २० प्रतिशत छुटमा सेवा दिने निर्णय गरेको हो ।

नेपाल प्रेस युनियन कैलाली र सारथी अस्पताल प्रालि बिच भएको सम्झौता अनुसार कैलालीमा कार्यरत पत्रकारका एक घर परिवारका चार जनालाई समेत ओपिडी चेकजाँच पूर्ण रुपमा निशुल्क र अन्य सेवामा २० प्रतिशत छुट दिने प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले जानकारी दिनुभयो ।
सारथी अस्पतालका प्रवन्ध निर्देशक बेदप्रकाश जोशी र नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ओपिडी चेकजाँच निशुल्क गर्ने तथा ल्याव, बेड भर्ना, फार्मेसी, यूएसजी, इको, एक्सरे, आइसियू र इसिजीमा २० प्रतिशत छुट दिने अस्पतालका प्रबन्ध निर्देशक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

सम्झौतामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम ईन्चार्ज भीम चौधरी, नेपाल फोटो पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष विवेक नागरी, नेपाल प्रेस युनियन कैलालीका सदस्य कृतबहादुर बिष्ट लगायतले कैलालीमा उदारणीय कार्य भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com