2

Logo २०८३ बैशाख १३ आइतबार
बलात्कार आरोपमा फरार पुरुष पक्राउ

बलात्कार आरोपमा फरार पुरुष पक्राउ


Sabalnews प्रकाशित मिति : मंगलबार, जेष्ठ ३१ २०७९
1.5K

पाल्पा ।

बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका पुरुषलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले नियन्त्रणमा लिएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा बस्ने १४ वर्षीया एक बालिकालाई करणी गरेको आरोप लागेका रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।

विक गत साता रिब्दीकोट गाउपालिका वडा नं.२ को सानोदमकस्थित जंगलको खोल्सामा जबरजस्ती करणी गरी फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार पीडित बालिकाको आमाले प्रहरीमा जाहेरी दिएपछि प्रहरी चौकी सर्देवा र जिल्ला प्रहरी कार्यालयको अनुसन्धान अधिकृतसहितको टोलीले सोमबार राति वि.क.लाई पक्राउ गरेको हो ।

उनलाई रिब्दीकोट गाउँपालिका वडा नं. ६ स्थ्ति तल्लो तालबाट पक्राउ गरिएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । आरोपित वि.क. पछिल्लो समय तानसेन नगरपालिका वडा नं. १४ स्थित रनुवामा बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com