2

Logo २०८३ बैशाख १३ आइतबार
राज्यमन्त्री वली पक्राउ, बस्नेतको श्रीमती र छोरीलाई गरिन् हातपात

राज्यमन्त्री वली पक्राउ, बस्नेतको श्रीमती र छोरीलाई गरिन् हातपात


Sabalnews प्रकाशित मिति : मंगलबार, जेष्ठ ३१ २०७९
1.2K

दाङ ।

महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय एकराज बस्नेतको घरभित्रै पसेर उहाँकी श्रीमती र छोरीमाथि कुटपिट गरेकाे आराेपमा वली पक्राउ परेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका-५ बसपार्क लालुमण्डीे पछाडि रहेको बस्नेतको घरमा पुगेर वलीले मिना भण्डारी बस्नेत र उहाँकी तीन वर्षीया छोरीमाथि कुटपिट गरेको स्थानीयले बताएका छन् । मन्त्री आफैँ अर्काको घरभित्र पसेर महिला र नाबालिग  छोरीमाथि कुटपिट गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

वलीका श्रीमान् तत्कालीन प्रदेश सभा सदस्य उत्तरकुमार वलीको गाडी दुर्घटनामा परि ज्यान गएकाे थियाे । उपचुनावमा नेकपा एमालेबाट निर्वाचित हुनुभएकी वली अहिले नेकपा माओवादी केन्द्रमा हुनुहुन्छ ।

केही समय पहिले पनि राज्य मन्त्री वली र मीनाका पति एकराज बस्नेतको बीचको प्रेम प्रसङ्ग बाहिरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com