2

Logo २०८३ बैशाख १३ आइतबार
भारतमा कोरोनाका ६५ सय नयाँ संक्रमित थपिए

भारतमा कोरोनाका ६५ सय नयाँ संक्रमित थपिए


Sabalnews प्रकाशित मिति : मंगलबार, जेष्ठ ३१ २०७९
855

भारत ।

भारतमा कोरोना भाइरसका थप ६५ सयभन्दा बढी संक्रमित भएका छन् । त्यहाँका सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो १ दिनमा ६ हजार ५ सय ९४ जना नयाँ संक्रमित थपिएका हुन् ।

यो सङ्ख्या अघिल्लो दिनको भन्दा १८ प्रतिशत कम हो । तर पनि भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको छ । सोमबार सार्वजनिक गरेको विवरणमा ८ हजार ८४ जना नयाँ संक्रमित भएको देखिएको थियो ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ५० हजार ५ सय ४८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संघीय स्वास्थ्य मन्त्रालयले पछिल्लो एक दिनमा ४ हजार ३५ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या ४ करोड २६ लाख ६१ हजार ३ सय ७० पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com