2

Logo २०८३ बैशाख १३ आइतबार
पेट्रोलियम पदार्थ बोकेका ७५ ट्यांकर शनिबारदेखि बेलहियामा रोकिए

पेट्रोलियम पदार्थ बोकेका ७५ ट्यांकर शनिबारदेखि बेलहियामा रोकिए


Sabalnews प्रकाशित मिति : सोमबार, जेष्ठ ३० २०७९
785

रुपन्देही ।

नेपाल आउने पेट्रोलियम पदार्थको टयाङकर शनिबार देखि बेलहिया नाकामा रोकिएको छ ।

भारतिय भंसार कार्यालयले नै सिस्टम अपडेट गरिदिदा नेपाल आउने पेट्रोलियम पदार्थ शनिबार देखि रोकिएको हो । भारतिय भंसार कार्यालयले एडी कोड प्रविष्ट गरेर मात्रै निर्यात दिने व्यवस्था अनिवार्य गरेपछि नेपालका लागि आउन लागिएको पेट्रोलियम पदार्थ सिमामा रोकिएको छ । भंसारले नै सिस्टम अपडेट गरिदिदा शुक्रबार देखि नेपालमा कुनै पनि पेट्रोलियम टयाङकर आउन सकेको छैन । भारतिय आयल कर्पोरेशनले एडी कोड राख्नु पर्छ, शूक्रबार देखि लागु भएको नयाँ व्यवस्था अनुसार कर्पोरेशनले कोड नराखीदिदा शनिबार देखि कुनै पनि टयाङकर नेपाल भित्रिन सकेको छैन ।

भैरहवा भन्सार हुदै दैनिक ४०/५० वटा टयाङकर आउने गरेकोमा शनिबार र आइतबार कुनै पनि नआएको भन्सार कार्यालयले जानकारी दिएको छ । कार्यालय प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार आइओसीको सिस्टममा केही परिवर्तन भएकोले आयात रोकिएको छ । भन्सार कार्यालय, नेपाल आयल निगम र सरोकारवाला निकायले समन्वय गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com