2

Logo २०८३ बैशाख १३ आइतबार
जिल्लाको एक मात्र मकै बाली ब्लक क्षेत्रको अनुगमन

जिल्लाको एक मात्र मकै बाली ब्लक क्षेत्रको अनुगमन


Sabalnews प्रकाशित मिति : बिहिबार, जेष्ठ २६ २०७९
1.2K

पाल्पा ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लाको एकमात्र स्थानमा संचालित मकै ब्लक क्षेत्रको एक टोलीले अनुगन गरेको छ ।

दर्छा हरियाली साना किसान कृषि सहकारी संस्था मार्फत जिल्लाको रामपुर नगरपालिका वडा नं ३ रजघरामा लगाइएको मकैबालीको अध्ययन अबलिकन तथा अनुगमन गरिएको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय पाल्पा अन्तर्गत कृषि ज्ञानकेन्द्र पाल्पाको रेखदेखमा संचालित मकै ब्लकको अनुगमन गर्दै कार्यान्वयन इकाई कार्यालय पाल्पाका प्रमुख दिपक भट्टराईले किसानलाई आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन बढाउने र मकैबालीलाई प्रवर्द्धन गर्न ब्लक कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

ज्ञानकेन्द्रको २४ लाख ९८ हजार, सहकारी संस्थाको २२ लाख ७ हजार गरी ४७ लाख ५ हजारको लागतमा मकै ब्लक कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञानकेन्द्र पाल्पाका कृषि प्रसार अधिकृत रामसुरत पालले जानकारी दिनुभयो ।

यस कार्यक्रममा सहकारीका ४ सय १४ कृषक आबद्ध रहेका छन् भने २ हजार ६ सय रोपनी क्षेत्रफलमा मकै खेती गरेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताउनुभयो ।

अनुगमनका अबसरमा मकै ब्लक विकास सम्बन्धी छलफल गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारी, रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी, कार्यान्वयन इकाई कार्यालय पाल्पाका प्रमुख दिपक भट्टराई, रामपुर ३ का वडाध्यक्ष दामोदर पाठक, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख सुमन पन्थी, लेखापाल बालकृष्ण बस्याल, रामपुर कृषि शाखाका प्राबिधिक प्रज्वल केसीले कृषिखेती र उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

सहकारीका अध्यक्ष भेषबहादुर वंशीले किसानको उत्साह र कृषि खेती प्रतिको धारणाको बिकासमा सामुहिक कार्यक्रमको मकै ब्लक क्षेत्र अभियानले राम्रो प्रतिफल दिएको बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com