2

Logo २०८३ बैशाख १३ आइतबार
शिक्षण सिकाई प्रभाबकारी बनाउन शैक्षिक सामाग्री निर्माण

शिक्षण सिकाई प्रभाबकारी बनाउन शैक्षिक सामाग्री निर्माण


Sabalnews प्रकाशित मिति : मंगलबार, जेष्ठ २४ २०७९
911

पाल्पा ।

शैक्षिक सामाग्री निर्माण सम्बन्धी ४ दिने तालिम रामपुर ८ मा सकिएको छ । नमुना माध्यमिक विद्यालय गंगा माध्यामिक बिद्यालयमा चलेको तालिममा यस क्षेत्रका विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

विद्यार्थीलाई पठनपाठनमा रुचिपुर्ण र आकर्षक बनाउन शैक्षिक सामाग्री निर्माण गराउने गरी चलेको तालिममा सहभागी शिक्षकहरुले सानाकक्षा दखि पढौ-पढौ लाग्ने गरि विभिन्न रंगीचंगी शैक्षिक समाग्री निर्माणको ज्ञान बटुलेका छन् । विद्यार्थीलाई कक्षाकोठामा आबश्यक पर्ने शैक्षिक सामाग्री स्वंयम् शिक्षकले तयार गरि शिक्षण सिकाईलाई प्रभावकारी बनाउन तालिम सहयोग पुग्ने विद्यालयका प्रध्यानध्यापक देवराज देवकोटाले जानकारी दिनुभयो ।

   

प्रशिक्षक विश्व देवकोटाले साना देखि अलि ठुला कक्षामा कस्ता सामाग्रीले आकर्षण बढाउन सकिन्छ भन्ने हेतुले शैक्षिक सामाग्री निर्माण गरेका छन् । विद्यालयका अध्यक्ष नरनारायण अर्यालको अध्यक्षतामा चलेको प्रशिक्षण  नम्बर ८ का वडाध्यक्ष दिनेश आचार्य, स्रोतकेन्द्र रामतुलसी माध्यमिक बिद्यालयका प्रध्यानध्यापक बालकृष्ण लम्सालले शैक्षिक सामाग्रीको महत्व र यसको नियमित पढन र आकर्षणका बिषयमा बोल्नुभएको थियो ।

सोही, अबसरमा दरैठाटी माध्यमिक विद्यालयका प्रध्यानध्यापक सुन्दर प्रसाद देवकोटा, सीताराम माबिका प्रध्यानाध्यापक हरि अधिकारी, भानुभक्त माविका सुनिल देवकोटा लगायतले प्रशिक्षण कार्यको महत्व र सिकाईमा आबश्यकताका बिषयमा बोलेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com