एमाले संसदीय दलको नेतामा उपाध्यक्ष बादल निर्विरोध
काठमाडौं ।
नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष राम बहादुर थापा बादल निर्विरोध चयन हुनुभएको छ ।
पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको निर्वाचन समितिका संयोजक निरज आचार्यले बताउनुभयो । बादल समानुपातिकतर्फबाट निर्वाचित सांसद हुनुहुन्छ ।
दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेको भए पनि अन्तिममा फिर्ता लिएका हुन् ।
एमालेले प्रत्यक्षमा ९, समानुपातिकबाट १६ सीट जितेर प्रतिनिधि सभाको तेस्रो दल बनेको छ।