2

Logo २०८३ बैशाख १३ आइतबार
उद्योग वाणिज्य महासंघ गण्डकीमा सर्वसम्मत कडेलको नेतृत्व

उद्योग वाणिज्य महासंघ गण्डकीमा सर्वसम्मत कडेलको नेतृत्व


Sabalnews प्रकाशित मिति : मंगलबार, चैत्र १७ २०८२
85

काठमाडाै ।

उद्योग वाणिज्य महासंघ गण्डकीमा ‘चन्द्र ढकाल समूह’ का कँडेलको प्यानलै निर्वाचित भएकाे छ । निवर्तमान अध्यक्ष र गण्डकी प्रदेश समितिमा कार्यकारिणी सदस्य कँडेलसहित पदाधिकारी र सबै कार्यकारिणी सदस्यहरू छलफलबाट निर्विरोध निर्वाचित भएका हुन् ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरू एसोसिएट्सबाट सूर्यबहादुर भुजेल, वस्तुगतबाट हरिकुमार श्रेष्ठ र जिल्ला/नगरबाट मृगेन्द्र घिमिरे निर्वाचित भएका छन् भने कोषाध्यक्षमा राजेन्द्र ओझा निर्वाचित भएका छन् ।

सदस्यहरूमा रामचन्द्र रेग्मी (एसोसिएट्स), विमल प्रसाद रिमाल (जिल्ला/नगर), रामकुमार श्रेष्ठ (जिल्ला/नगर), दिपक प्रसाद सापकोटा (जिल्ला/नगर), ठाकुर वि. पौडेल (जिल्ला/नगर), हिरामणि पण्डित (वस्तुगत), काशी गुरुङ (एसोसिएट्स) र हस्त बहादुर खड्का (जिल्ला/नगर) निर्वाचित भएका छन् ।

गण्डकीमा सर्वसम्मत भएको नेतृत्व केन्द्रका वर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकाल र हेमराज ढकालको समूहनिकट रहेको बताइएको छ । केन्द्रको साधारणसभा आगामी २९ र ३० गते तोकिएको छ । अध्यक्ष चन्द्र प्रसाद ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले छुट्टाछुट्टै समूह निर्माण गरी निर्वाचन प्रचार-प्रसार गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com