2

Logo २०८३ बैशाख १३ आइतबार
लैङ्गिक–स्मार्ट वित्त मार्फत बजार रूपान्तरणका लागि बजाइयो घण्टी

लैङ्गिक–स्मार्ट वित्त मार्फत बजार रूपान्तरणका लागि बजाइयो घण्टी


गोमा बिष्ट प्रकाशित मिति : बिहिबार, चैत्र १२ २०८२
190

काठमाडौं ।

नेपालले छैटौँ वार्षिक “महिला सशक्तिकरणका लागि घण्टी बजाउने कार्यक्रम” सम्पन्न गरेको छ । जुन विश्वव्यापी अभियानको हिस्सा हो जहाँ ११५ भन्दा बढी स्टक एक्सचेन्जहरूले कार्यस्थल, बजार र समुदायमा महिलाको सशक्तिकरणको पक्षमा पैरवी गर्छन् ।

यस वर्षको कार्यक्रम युएन विमेन नेपाल, नेपाल स्टक एक्सचेन्ज (नेप्से), अन्तर्राष्ट्रिय वित्त निगम र युएन ग्लोबल कम्प्याक्ट नेपालद्वारा संयुक्त रूपमा आयोजना गरिएको हो । “न्यायपूर्ण र समृद्ध अर्थतन्त्रका लागि घण्टी बजाऔं” भन्ने नाराका साथ सार्वजनिक र निजी क्षेत्रका सहभागी संवादलाई क्रियाशील कदममा रूपान्तरण गर्न कार्यक्रमको आयोजना गरिएको हो।

घण्टी बजाउनु केवल एक प्रतिकात्मक क्षण मात्र थिएन, यसले साझा प्रतिबद्धता जनाएको थियो। महिलाको सशक्तिकरण, जवाफदेही, मजबुत र संरचनात्मक परिवर्तन ल्याउने दिशामा काम अघि बढाउन जोड दिइएको छ।

संयुक्त राष्ट्रसंघीय निकाय यूएन विमेनका लागि नेपालकी प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज पाचेकोले पृष्ठभुमिको चर्चा गर्नुभएको थियो । उहाँले महिलाहरूलाई वित्तीय पहुँचबाट वञ्चित गरिँदा अर्थतन्त्रले नै घाटा व्यहोर्नु पर्ने कुरामा जोड दिंदै भन्नुभयो,-“वित्तीय आर्थिक खाडल घटाउनु भनेको समानताको कुरा मात्रै हैन यो त बुद्धिमान अर्थतन्त्रको निति पनि हो, त्यसैले लैङ्गिक रुपमा उत्तरदायी आर्थिक प्रणालीमा हामी सबैले लगानी गर्नुपर्दछ।” कार्यक्रमले स्पष्ट पार्दछ- महिला सशक्तिकरण बिना न्यायपूर्ण, समावेशी र समृद्ध अर्थतन्त्र निर्माण सम्भव छैन उहाँले भन्नुभयो ।

कार्यक्रमको उद्घाटन नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकले गर्नुभयो भने समापन युरोपेली संघका राजदूतले गर्नुभएको थियो। यसले लैङ्गिक समानताका लागि नेतृत्व र साझेदारीको महत्त्व दर्शाएको छ।

कार्यक्रममा लैङ्गिक-स्मार्ट वित्त प्रणाली, महिलाको नेतृत्व, वित्तीय समावेशीकरण, र महिला नेतृत्वमा आधारित व्यवसायमा पूँजी पहुँच विस्तार गर्ने विषयमा छलफल गरिएको थियो। सहभागीहरूले महिलामुखी व्यवसायमा लगानी गर्नुलाई आर्थिक वृद्धिको प्रमुख कुञ्जी र बजार मजबुत बनाउने उपायका रूपमा जोड दिईएको थियो ।

कार्यक्रमले निजी क्षेत्रको नेतृत्वलाई उच्च मूल्याङ्कन गरेको छ। यसले महिला सशक्तिकरण सिद्धान्तलाई रणनीतिक फ्रेमवर्कको रूपमा प्रयोग गर्दै समावेशी व्यवसाय अभ्यास र मूल्य श्रृंखलामा महिलाको नेतृत्व प्रबर्द्धन गर्न प्रेरित गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com