साताको पहिलो दिन उच्च अंकले घट्यो सुनचाँदीको भाउ
काठमाडौं ।
साताको पहिलो कारोबार दिन (आइतबार) पनि सुनचाँदीको भाउमा उच्च अंकले गिरावट आएको छ । आइतबार सुन प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेको छ ।
मूल्य घटेसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ र चाँदी ४ हजार ५४० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो । आज अन्तराष्ट्रिय बजारमा पनि सुनचाँदीको भाउमा उच्च अंककै गिरावट आएको छ ।
मेटल डेलीका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १५३ डलरले घट्दै प्रतिऔंश ४ हजार ४८९ डलरमा किनबेच भइरहेको छ । चाँदी ४.७९ डलरले घट्दै प्रतिऔंश ६७ डलरमा किनबेच भइरहेको छ ।