2

Logo २०८३ बैशाख १३ आइतबार
पूर्वमन्त्रीसहित पाल्पामा २३ उम्मेदवारको जमानत जफत

पूर्वमन्त्रीसहित पाल्पामा २३ उम्मेदवारको जमानत जफत


Sabalnews प्रकाशित मिति : बुधबार, फाल्गुन २७ २०८२
218

पाल्पा ।

पूर्वमन्त्रीसहित पाल्पामा २३ जना उमेदवारको जमानत (धरौटी) जफत भएको छ । २ वटा निर्वाचन क्षेत्र रहेको पाल्पाको क्षेत्र नम्बर १ मा १३ र क्षेत्र २ मा १६ गरी २९ उम्मेदवार थिए । दुईवटै क्षेत्रमा ३-३ जना बाहेक अन्यको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ ।

सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत रकम जफत हुने कानुनी व्यवस्था छ ।

पाल्पा १ मा नेपाली कांग्रेसका उम्मेदवार सन्दीप राना विजयी भए । जहाँ नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्तले मात्रै जमानत जोगाउन सफल भए। कुल ९ दल र चार स्वतन्त्र उम्मेदवार मध्य नेकपा सहित ६ दल र ४ स्वतन्त्र उमेदवारको जफत भएको हो ।

नेपाली कम्युनिस्ट पार्टीका हुमबहादुर सुनारी, नेसनल रिपब्लिक नेपालका थमनसिंह रेश्मी, राष्ट्रिय प्रजातन्त्र पार्टीका बृहस्पति अर्याल, राष्ट्रिय जनमोर्चाकी नरमति सिंजाली, मंगोल नेसनल अर्गनाइजेसनका सलन चिदी मगर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पुरन गैरे शर्माको जमानत जफत भएको छ । स्वतन्त्र उम्मेदवार कोशल अर्याल, डिल्लीराज काफ्ले, बुद्धबहादुर विरकट्टा र बाछा दली मियाको पनि जमानत जफत भएको हो । पाल्पाको क्षेत्र १ मा कुल ९८ हजार ३ सय ८३ मतदाता रहेकामा प्रत्यक्षतर्फ ५४ हजार २ सय १६ मत खसेको थियो । जसमा ५१ हजार ८ सय २४ मत सदर भएको थियो ।

जिल्लाको २ नम्बर क्षेत्रमा पनि तीन जना उम्मेदवारले मात्र जमानत जोगाएका हुन् । १६ उम्मेदवार रहेकोमा १३ जनाको धरौटी जफत भएको छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. माधवबहादुर थापाले विजय हासिल गरेका हुन् । नेपाली कांग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठ र नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरेले मात्रै जमानत जोगाएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार पूर्वमन्त्री सोमप्रसाद पाण्डेयसहित दल र स्वतन्त्र गरि १३ उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका बालबहादुर दर्लामी (विशाल), नेसनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका टोपबहादुर अस्लामी, जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह) का खिकबहादुर रेश्मीले जमानत जोगाउन सकेनन् ।

मंगोल नेसनल अर्गनाइजेसनका मानबहादुर दर्लामी, नेपाल मजदुर किसान पार्टीका कृष्णशोभा मुस्याख्वा, सार्वभौम नागरिक पार्टीका रामबहादुर अस्लामी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का विष्णु ठडराई (सार्की), प्रगतिशील लोकतान्त्रिक पार्टीका बोधराज जैसीको जमानत जफत भयो । स्वतन्त्र उम्मेदवारी दिएका मोहन कुँवर थापा मगर, केशवप्रसाद बस्यालले पनि जमानत जफत गराए ।

क्षेत्र नम्बर २ मा १ लाख ९ हजार ५३ मतदाता रहेकामा प्रत्यक्षमा ६० हजार ५ सय ४६ मत खसेको थियो । जसमा ५८ हजार १ सय ४० मत सदर थियो ।

उम्मेदवारहरूले गत माघ ६ गते मनोनयन दर्ताका क्रममा निर्वाचन अधिकृतको कार्यालयमा १० हजार रुपैयाँ जमानत (धरौटी) बुझाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com