नेपाली काग्रेंस उपसभापति भुषाल पाल्पामा, देश परिवेश र भुगोल जानेको युवा उमेद्वारलाई बिजय गराउन आग्रह
पाल्पा ।
निर्वाचनले तातेको पाल्पामा नेपाली काग्रेंसका उपसभापति पुष्पा भुसाल पाल्पामा आउनुभएको छ । गगन थापाको नेतृत्वमा परिवर्तन भएर आएको नेपाली कागें्रसको देशभरि नै माहोल आएका बखत कागं्रेस उपसभापति भुषाल पाल्पा १ को चुनाबी अभियानमा आउनुभएको हो ।
पाल्पा क्षेत्र नम्बर १ का उमेद्वार सन्दीप रानाको चुनाबी क्षेत्रमा शनिवार प्रचारप्रसारमा सहभागी हुनुभएकी भुषालले देशको समृद्धि सँगै युवा, महिला, जनजाति र दलित समुदायको सपना अब काग्रेंसले पुरा गर्ने बताउनुभयो । पाल्पाका २ वटै निर्वाचन क्षेत्रमा काग्रेंसले जेनजीको मर्मलाई बुझेर युवा उमेद्वार पठाएको बताउदै भुषालले पहिलो पटक संसद निर्वाचनमा फ्रेस युवालाई काग्रेंसले अगाडी सारेको बताउनुभयो ।
उपसभापति भुसालले पाल्पा १ का सन्दिप राना ठुलो जिम्मेवारी लिन सक्ने युवा भएकोले उम्मेदवारको इमान्दारिता, योजना र व्यक्तित्व हेरेर मतदान गर्न आग्रह गर्नुभयो । आफ्नो ठाउँ र भविश्य हामी आफै बनाउने हो, भुसालले भन्नुभयो–पाल्पालीले भविश्य बोकेका युवा उमेद्वारलाई मत दिएर संसदमा पु¥याउनुपर्छ । कांग्रेस बदलिएर आएको र देशको नेतृत्व गर्न सक्ने पार्टी भएको बताउदै यही पार्टीको बिशेष महाधिबेशनले आफुलाई उपसभापतिको जिम्मेवारी दिएर महिलाहरुको सम्मान सहित उपसभापति बनाएको बताउनुभयो । अब काग्रेंस पुरानो पार्टी रहेन सबै भन्दा नँया र तन्नेरी पार्टी बनेर युवालाई अगाडी सारेर आएको उहाँको भनाई थियो ।
कांग्रेस लोकतान्त्रिक पार्टी हो, लोकतान्त्रिक अभ्यास अनुसार देश चलाउनुपर्छ, यहाँका नागरिकले आफ्नो मतदातबाट नेपाली कांग्रेसलाई रुखमा मतदान गरेर कांग्रेसलाई जिताएर देशको विकासमा साथ दिन आग्रह गर्नुभयो । देश परिवेश र भुगोल जानेको पाल्पाली र नेपालीलाई परेको बेला साथ दिइरहेको ठिटोलाई अब संसदमा लानुको बिकल्प नभएको भुसालले बताउनुभयो ।