2

Logo २०८३ बैशाख १३ आइतबार
काङ्ग्रेस उमेदवार सन्दीप राना नागरिकका घरदैलोमा

काङ्ग्रेस उमेदवार सन्दीप राना नागरिकका घरदैलोमा


Sabalnews प्रकाशित मिति : बुधबार, फाल्गुन ६ २०८२
141

पाल्पा ।

चुनाव प्रचारप्रसारको क्रममा नेपाली काङ्ग्रेस पाल्पा क्षेत्र नम्बर १ का उमेदवार सन्दीप रानालाई नागरिकले गाउँले जिवनको यथार्थता बताएका छन् ।

मंगलबार माथागढी–३ को कसेनीमा प्रचार प्रसार निर्वाचन सम्पर्क कार्यालय शुभारम्भ गर्दै माथागढीको जनताका आवाज सुन्न घरदैलोमा पुग्नुभएका रानालाई नागरिकले अझपनि गाउँले जिवनमा राज्यको सहज उपस्थिति नपाएको गुनासो गरे ।

सिकारकोट, ओलेस, भैंसेकत्ता पुगेर जनता माझ रानाले यहाँको विकासको लागि आफ्नो प्रतिवद्धता राख्नु भएको थियो । माथागढी–२ को रुप्से, दद्रा, देउगिर, माथागढी–४ को झडेवाको बगालेमा प्रचा-प्रसार संगै जनताको गुनासो सुनेर आफ्नो ऐजेण्डाहरु राख्नु भएको थियो ।

पूर्वाधार विकास, सामाजिक विकास, धार्मिक तथा पर्यटन प्रवर्द्धनको सम्भावना, स्वदेश मै रोजगारी सिर्जनाको लागि आफुले अघि सारेको योजना जनता माझ राख्नुभयो ।
रानाले पाल्पा क्षेत्र नं. १ लाई विकासको मोडलको रुपमा प्रस्तुत गर्ने गरि अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

ग्रामीण क्षेत्रका नागरिकका समस्या संसद्मा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाउँदै विकास र समावेशी पहुँच आफ्नो प्रमुख प्राथमिकता रहेको स्पष्ट पार्नुभयो ।

प्रचारप्रसारको क्रममा मतदाता माझ पुग्नु भएका रानालाई जनताले भव्य रुपमा स्वागत गर्दै आफ्नो क्षेत्रको समस्याको बारेमा स्मरण गराएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com