नाम्जा भोटेको “ए मेरा छोरा” मार्मिक गीत सार्वजनिक
काठमाडौं ।
गायक संगीतकार नाम्जा भोटेको (ए मेरा छोरा) मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ । गायक नाम्जा भोटे एक बहुप्रतिभाका धनि गायक संगीतकार गीतकार हुन् । ८ वर्ष देखि निरन्तर गीत संगीत क्षेत्रमा संघर्ष गरिरहेका भोटेले आधा दर्जन गीतहरु गाई सकेका छन् ।
अहिले भर्खर सार्वजनिक “ए मेरा छोरा” मार्मिक गीतमा शब्द, संगीत, स्वर, गायक भोटेकै रहेको छ। उनमा गीत संगीतमा केहि गर्ने जोश जाँगर संगै जुनुन पनि रहेको छ । उनी गाउन संगै शब्द कोर्न र संगीत गर्न पनि माहिर छन् ।
सार्वजनिक मार्मिक गीत (ए मेरा छोरा) गीतमा उनले आफ्नो सुमधुर आवाज संगै,मार्मिक कथा बस्तु र समाज भैरहने, एक आमाले आफ्नो सन्तान र श्रीमानलाई छोडेर जाँदा श्रीमानलाई हुने तनाव र बच्चामा पर्ने असर र बच्चाको भविष्यको लागि पनि एक श्रीमान र श्रीमती मिलेर बस्नु पर्छ भन्ने भावलाई, मार्मिक गीत (ए मेरा छोरा) मार्फत स्पष्ट पार्न खोजेको देखिन्छ । भिडियोमा देखाउने प्रयास गरेको गायक संगीतकार भोटे बताउछन् ।
सार्वजनिक गीत सुमधुरका साथै कथा पनि उस्तै मार्मिक रहेको छ, गीतमा संगीत संयोजन रुद्र श्रेष्ठ’को रहेको छ । गीतलाई दाजुभाई रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको भिडियोमा निर्देशन र छायांकन सन्तोष सुबेदी, सम्पादन तथा कलर रमिला खत्री’को रहेको छ ।
आउनुहोस हेरौं सार्वजनिक उक्त गीतको भिडियो ।