१२ बर्षपछि नेपालले टी-20 बिश्वकपमा जित निकाल्यो
काठमाडौं ।
नेपालले टी-20 बिश्वकपमा १२ बर्षपछि जित निकालेको छ । स्कटल्याण्ड संग मंगलबार प्रतिस्पर्धा गरेको नेपालले ७ विकेटको फराकिलो अन्तरमा जित निकाल्दै सान्त्वना बनेको छ ।
स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेटको क्षतिमा पुर्याएको हो ।
भारतको मुम्बई वानखेडे मैदानमा स्कटल्याण्डलाई हराउदै जित पोल्टामा पारेको नेपालले सन् २०१४ पछि टी-20 बिश्वकपमा जितेको हो । त्यो बेला बङ्गलादेशमा भएको खेलमा डेब्यु गर्दा हङ्कङ र अफ्गानिस्तानलाई पराजित गरेको थियो । त्यसपछिको लगातार ६ खेलमा हारमा चित्त बुझाउन बाध्य भएको थियो ।
आजको खेलमा नेपालका लागि दिपेन्द्रले अर्धशतक प्रहार गर्न सफल भएका छन् ।