पाल्पाका २९ मतदानस्थल अति सम्वेदनशील
पाल्पा । फाइल तस्वीर-
पाल्पाका ११८ मतदानस्थलमध्ये २९ वटा मतदान स्थल अति सम्वेदनशील रहेको छ । क्षेत्र नं १ का ५२ निर्वाचनस्थलमध्ये २० वटा अति सम्वेदनशील रहेकाे पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्यले बताउनुभयाे । यस्तै क्षेत्र नं २ मा ९ वटा अति सम्वेदनशील निर्वाचनस्थल रहेकाे उहाँले जानकारी दिनुभयाे ।
यस्तै क्षेत्र नं १ मा २४ वटा सम्वेदनशील र ८ वटा सामान्य रहेकाे प्रजिअ बज्राचार्यले बताउनुभयाे । क्षेत्र नं २ मा सम्वेदनशील २६ र सामान्य ३१ वटा निर्वाचन स्थल रहेका छन् । पाल्पा क्षेत्र नं २ मा जम्मा ६६ वटा निर्वाचन स्थल रहेका छन् ।
जिल्लाभर रहेका ११८ निर्वाचन स्थलमा प्रत्येक केन्द्रमा १-५ वटासम्म मतदान केन्द्र रहेका छन् । वि.स. २०७९ काे निर्वाचनमा जिल्लाभर २४६ वटा मतदान केन्द्र रहेकाेमा अहिले बढेर २५१ वटा पुगेकाे जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिनुभयाे ।
मतदाता सङ्ख्या बढेका कारण मतदान केन्द्र थप भएकाे उहाँले जानकारी दिनुभयाे । यश निर्वाचनमा ५ वटा केन्द्र थपिएको हो ।