2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर नगरसभाको १८ औं अधिबेशन सम्पन्न, ८० योजनाको २ करोड ५ लाख रकमान्तर

रामपुर नगरसभाको १८ औं अधिबेशन सम्पन्न, ८० योजनाको २ करोड ५ लाख रकमान्तर


Sabalnews प्रकाशित मिति : सोमबार, पौस २१ २०८२
274

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिकाले नगर सभाको १८ औँ अधिवेशन सम्पन्न गरेको छ । विभिन्न योजनाको बजेट रकमान्तर तथा शीर्षकान्तर सहित दुई वटा ऐन जारी गर्दै नगर सभा आइतबार सकिएको हो ।

हिउँदे सभाले वडा तथा नगर स्तरीय ८० वटा योजना तथा कार्यक्रमको बजेट ११५ वटा योजनामा रकमान्तर तथा शिर्षकान्तर गरेको हो । सभामा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले प्रस्तुत गर्नु भएको योजनाहरुको रकमान्तर र शिर्षकान्तर प्रस्ताव सर्वसम्मत पारित भएको थियो । नगर सभा सदस्य तथा विद्येयक समितिका संयोजक मिन बहादुर सिंजालीले प्रस्तुत गर्नु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ र विद्येयक सदस्य विष्णु माया गैरे प्रस्तुत गर्नु भएको रामपुर नगरपालिका पर्यटन विकास विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ ।

नगर सभा सदस्यहरुले उठाएको प्रश्न र प्रस्ताव बारे प्रष्ट पार्दै नगर प्रमुख रमण बहादुर थापाले विकास संगै नगरको पहिचानका लागि नगरपालिकाले गौरवको रुपमा कार्य गरेको बताउनुभयो । रामपुर नगरपालिकाले सुरुवात गरेको असल अभ्यास संघ र प्रदेशले पनि सुरुवात गर्नु खुशीको कुरा भएको बताउनुभयो । नगरपालिकाले खर रहितको घर, युवा स्वरोजगार, ढल रहित शहर, कालीगण्डकी पैदल मार्ग निर्माण, नगर गौशाला निर्माण, उज्यालो शहर घोषणा लगाएतका महत्वपूर्ण भएको बताउनुभयो । उहाँले बालबालिका र जेष्ठ नागरिकको सुरक्षाका लागि रामपुर नगरपालिकाले आवश्यक कार्यक्रम सञ्चालन गर्दैै आएको बताउनुभयो । जनताको चाहाना अनुसार स्रोत साधनले भ्याए सम्म विकास र सेवालाई प्राथमिकता दिदै आएको बताउनुभयो । नगरपालिकाले संघ र प्रदेश संग समन्वय गरि सेवामा प्रतिवद्ध भएर लागेको बताउनुभयो ।

नगर उपप्रमुख बालकुमारी थापाले नगरको चालु आर्थिक वर्षको कुल बजेट ८१ करोड १३ लाख ६६ हजार ६२१ रुपैयाँ मध्ये अधिवेशनले वडा तथा नगर स्तरीय ८० वटा योजना तथा कार्यक्रमको दुई करोड पाँच लाख ११ हजार शीर्षकान्तर तथा रकमान्तर गरिएको जानकारी दिनुभयो । रामपुर नगरपालिका १ का वडा अध्यक्ष एवं प्रवक्ता कपिल बहादुर खाँणले सभामा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले जनप्रतिनिधिहरु स्थानीय तहलाई प्राप्त एकल अधिकार र साझा अधिकार कार्यान्वयनमा कति जिम्मेवार भएर लाग्यौं त्यो महत्वपूर्ण भएको बताउनुभयो ।

रामपुर नगरपालिकाका कार्यपालिका सदस्य दुर्गा देवी भण्डारी गौतमले योजना कार्यान्वयनमा सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिका–३ का वडा अध्यक्ष दामोदर पाठकले विकृति र विसंगति विरुद्ध एकजुट भएर लाग्नु पर्ने बताउनुभयो । शुन्य समयमा आफ्नो धारणा राख्दै वडा नं. १० का वडा अध्यक्ष तोयानाथ सारु थापाले नगरपालिकाले सञ्चालन गरेका राम्रो योजनालाई निरन्तरता दिदै बाँकी कार्यलाई पनि समेटेर अघि बढ्नु पर्ने बताउनुभयो । नगरपालिकाले विवाह पञ्चमीको अवसरमा आयोजना गरेको रामसीता विवाह महोत्सव, जेष्ठ नागरिक स्कुल सञ्चालन लगाएतका कार्य निकै गर्वको विषय रहेको बताउनुभयो । उहाँले खानेपानीको मुहान एकितृत गर्ने, वडा पहुँच मार्ग तथा आमा भवन निर्माणको विषयमा ध्यानाकर्षण गराउनु भएको थियो । शुन्य समयमा रामपुर ४ का वडा सदस्य मोहम्मद अजिम शेख, वडा नं. ६ का वडा सदस्य हरिनाथ ढुङ्गानाले सडक तथा विकासका पूर्वाधारमा जोड दिदै र बुल्टारलाई नगरको क्रिकेट मैदानको रुपमा विकास गर्न आग्रह गर्नु भएको थियो ।

सभाको विशेष समयमा रामपुर ७ का वडा अध्यक्ष दोवराज तिवारीले फोहोर व्यवस्थापनको विषयमा अब नगरपालिकाले विशेष ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । रामपुर–४ का वडा सदस्य मोहन सिं रानाले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरुको लागि राजस्वमा सहुलियत प्रदान गर्नुपर्ने बताउनुभयो ।

नमस्ते पाल्पा होटेलमा भएको सभामा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले नगर सभाको  शुरुवात गर्दै आब्ह्वान पत्र बारे स्पस्ट पार्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com