2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा उद्याेग वाणिज्य संघको निर्वाचन आगामी चैत १४ गते

पाल्पा उद्याेग वाणिज्य संघको निर्वाचन आगामी चैत १४ गते


Sabalnews प्रकाशित मिति : शनिबार, पौस १९ २०८२
232

पाल्पा ।

सदस्यता विवादका कारण अनिश्चित बनेकाे पाल्पा उद्याेग वाणिज्य संघकाे निर्वाचन आगामी चैत १४ गते हुने भएकाे छ । संघका पदाधिकारीबीच नयाँ सदस्यता सम्बन्धी विवादका कारण गत कात्तिक २९ गते ताेकिएकाे निर्वाचन हुन सकेकाे थिएन ।

संघकाे बैठक बसेर सदस्यता नवीकरण गर्ने सदस्यलाई मात्र मताधिकार दिने सहमतिपछि निर्वाचनकाे मिति तय भएकाे एक सदस्यले बताए । यसअघि अध्यक्षलगायतका पदाधिकारीले नयाँ सदस्य थप गर्दा संस्थाकाे विधानलाई आधार बनाएर सदस्यता वितरण गर्नुपर्ने अडानमा थिए भने अधिकांश पदाधिकारीले व्यवहारिकता हेरेर सदस्यता वितरण र नवीकरण गर्नुपर्ने अडानमा थिए ।

संघकाे सदस्यता पाइसकेका व्यवसायीहरूले संघकाे सदस्यता नवीकरण गरेपछि नयाँ सदस्यता कायम हुने र साेही आधारमा चैत १४ गते हुने निर्वाचनमा सदस्यले भाग लिन पाउनेछन् । याे निर्णय मध्यमार्गी निर्णय रहेकाे बताइएकाे छ । यसअघि संघकाे एक हजार बढी सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com