रेडक्रस उपशाखा रामपुरको नवनिर्वाचित समितिलाई सपथग्रहण
पाल्पा ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरको पाँचौँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
गएको पुष १० गते जिल्लाको पहिलो शाखा अधिबेशनका रुपमा रामपुर उपशाखाले साधारण सभा तथा अधिबेशन गरेको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाल्पाका उपमन्त्री तथा निर्वाचन अधिकारी कमलराज भट्टराईले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई रेडक्रसको मुल ध्ययलाई आत्मसाथ गर्दै मानवीय कार्यमा लाग्ने प्रतिबद्धता सहित सपथ खुवाउनुभएको हो ।

संयोजक भट्टराईले रेडक्रसको नीति, सिद्धान्त र मानवीय मूल्यलाई मानव सेवा गर्ने प्रतिबद्धतासहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई एक कार्यक्रमका बिच सपथ खुवाउनुभयो ।
पाचौं अधिवेशनले निवर्तमान सभापति मनोरथ भट्टराईको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति सर्वसहमतिमा निर्वाचित गरेको थियो । समितिको उपसभापतिमा रमा भण्डारी, सचिवमा तिलबहादुर श्रेष्ठ, कोषाध्यक्षमा केशवराज पोखरेल, सह–सचिवमा मन्जु पोखरेल र सह–कोषाध्यक्षमा हिरा पोखरेल चयन हुनु भएको छ। यस्तै सदस्यहरूमा देवराज ढकाल,बन्दना पोखरेल, सीता डोटेल, भेषराज अर्याल र राधिका भण्डारी निर्वाचित हुनुभएको हो।
सपथ ग्रहणपछि नवनिर्वाचित सभापति मनोरथ भट्टराईले रेडक्रस उपशाखा रामपुरको भवन निर्माणका लागि रामपुर–७ मा रहेको चार आना तीन पैसा क्षेत्रफल रहेको जग्गा दान गर्ने घोषणा गर्नुभयो।

कार्यक्रममा निर्वाचन अधिकारी कमलराज भट्टराईले नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले संस्थागत कार्यलाई तिब्र बनाउने, प्रदेशबाट भवनलाई परेको बजेटको काम थाल्ने, काम थप सशक्त बनाउन आजीवन सदस्य तथा विशिष्ट आजीवन सदस्यको संख्या वृद्धि गर्ने यसमा सबैको चासो, चिन्तन र सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा रामपुरका अध्यक्ष मनोरथ भट्टराईको सभापतित्वमा आधारभूत माध्यमिक विद्यालयको सभाहलमा भएको सपथग्रहण कार्यक्रमको सञ्चालन सचिव तिलबहादुर श्रेष्ठले गर्नुभएको हो ।