2

Logo २०८३ बैशाख १३ आइतबार
वैदेशिक रोजगारीमा मृत्यु भएकाको सन्ततीलाई तानसेनद्दारा शैक्षिक सामग्री प्रदान

वैदेशिक रोजगारीमा मृत्यु भएकाको सन्ततीलाई तानसेनद्दारा शैक्षिक सामग्री प्रदान


Sabalnews प्रकाशित मिति : शुक्रबार, पौस ११ २०८२
218

पाल्पाको तानसेनबाट वैदेशिक रोजगारी गएर मृत्यु भएका परिवारका सन्ततीलाई नगरपालिकाले शैक्षिक सामग्री बितरण गरेको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२५ को अवसरमा तानसेन नगरपालिकाले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ९ परिवारका ११ जना सन्ततीलाई शैक्षिक सामग्री वितरण गरेको हो । तानसेन नगरक्षेत्रका छात्रछात्रालाई विद्यालय जाँदा बोक्ने झोला, कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरिएको छ ।

तानसेन नगरपालिका १ का सबिन घर्ती र सन्देश घर्ती, इस्मान सारू, आयुस सुनार, वडा नं. ९ का रोहित मश्राङ्गी, अनमोल भट्टराई, वडा नं. ५ का शुभम खत्री र सोनिका खत्री, वडा नं. ६ का स्वागत खत्री, वडा नं. १० का दिप्सा नेपाली र सुमोना घिमिरेलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

उनीहरूलाई तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिँजाली, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले शैक्षिक सामग्री वितरण गर्नुभयो ।

नगरप्रमुख श्रेष्ठले तानसेन नगरपालिका सधैँ नगरका बासिन्दाप्रति संवेदनशील रहेको बताउदै वैदेशिक रोजगारीमा समस्या परेकालाई समन्वय तथा सहयोग गर्न सामी कार्यक्रम लागू गरिएको बताउनुभयो । कार्यक्रम तानसेन नगरपालिकामा आर्थिक वर्ष २०८०/८१ बाट सुरु भएको हो ।

तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिँजालीले वैदेशिक रोजगारी नेपाली युवाको बाध्यता बनेको बताउनुभयो । उहाँले यसलाई सुरक्षित, मर्यादित र सीपमूलक बनाउनुपर्नेमा जोड दिदै असुरक्षित यात्रा, ठगी, श्रम शोषण र अकालमै ज्यान गुमाउने घटनाहरू दुःखद् भएको बताउनुभयो ।

सामी कार्यक्रम अन्तर्गत सूचना तथा परामर्श सेवा, कानुनी परामर्श तथा कानुनी सहजीकरण, मनोसामाजिक परामर्श सेवा प्रदान गर्दै आएको कार्यक्रम अधिकृत दिनेश घिमिरेले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा प्रदान गरिँदै आएको छ ।

स्थापना भएयता हालसम्म १४ हजार १५६ जनालाई वैदेशिक रोजगारीसम्बन्धी परामर्श सेवा दिइएको छ । ६२ वटा कानुनी सहजीकरण भएका छन् । जसअन्तर्गत स्वदेश तथा विदेशमा हुने ठगी, अलपत्र परेकाको उद्धार तथा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएमा परिवारसँग सहजीकरण गर्दै आएको छ । ३९ जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको घिमिरेले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com