2

Logo २०८३ बैशाख १३ आइतबार
सामुदायिक बन दिवसमा बन महासंघ पाल्पाले गर्यो जिल्लाका जनप्रतिनिधिलाई स्वागत र सम्मान

सामुदायिक बन दिवसमा बन महासंघ पाल्पाले गर्यो जिल्लाका जनप्रतिनिधिलाई स्वागत र सम्मान


Sabalnews प्रकाशित मिति : बुधबार, जेष्ठ १८ २०७९
1.3K

पाल्पा ।

सामुदायिक बन दिवसको अबसरमा सामुदायिक बन उपभोक्ता महासंघ पाल्पाले जिल्लाका नबनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

महासंघले बुधबार पाल्पाको तानसेनमा कार्यक्रम गरि जिल्लाका १० वटै पालिकाका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष तथा बन महासंघको विभिन्न तहको समितिमा रहेर काम गर्दै स्थानीय निर्वाचन जित्नुभएका जनप्रतिनिधिलाई सम्मान गरेको हो । सम्मानित जनप्रतिनिधिले जनताको सेवामा दत्तचित्त बन्दै सामुदायिक बन स्थानीयको सम्पति भएकोले यसको संरक्षण र सेवामा स्थानीय पालिका र वडा टिम लाग्ने प्रतिबद्धता जनाएका थिए ।

प्रमुख अतिथि बन महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बन ऎन र स्थानीय पालिकाका ऎन कार्यबिधी नियमावली जनमैत्री हुनुपर्नेमा जोड दिदै जिल्लाका हरेक स्थानीय तहलाई बन महासंघले सक्दो सहयोग समन्वय गर्दै अघि बढ्ने बताउनुभयो ।

जेठ १८ गते स्थापना दिवसको अबसरमा सम्मानित तथा नवनिर्वाचित तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले सामुदायिक वन नेपालको वातावरण जोगाउन पनि महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । स्थानीय तह र सामुदायिक बनका पदाधिकारी बसेर नेपालमा सामुदायिक बनको अबस्था, दिगो विकास र ऎन कानुनका बिषयमा आम उपभोत्ताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले गाउँपालिकामा बन ऎन बनेको र कार्यबिधी, नियमावली बनाएर उपभोक्ताको हितमा काम गर्ने बताउनुभ्यो । सामुदायिक बन जनताको अभिन्न अंग हो अध्यक्ष भण्डारीले भन्नुभयो-सामाजिक काम गर्ने अभियान्ता जनप्रतिनिधि पनि हुन् । बन महासंघ आम नागरिकलाई फाइदा दिन जन्मिएको र स्थानीय तह पनि त्यही  हुँदा बनबाट थप सेवा सुबिधा दिन तत्पर रहने बताउनुभयो  ।

रम्भा गाउँपालिका उपाध्यक्ष राधा श्रेष्ठले सामुदायिक बनको काम स्रहानिय रहेको उल्लेख गर्दै वडा – वडामा छुटेका बनलाई दर्तामा ल्याई बन र पालिकाको कामलाई जनमानवमा लैजाने बताउनुभयो ।

निस्दी गाउपालिकाका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले बनको गतिविधिमा आफू बनकै जिल्ला सदस्य जस्तो जिम्मेवार पदमा रहेकोले बनका गतिविधि पहिले भन्दा पृथक बनाउने र यसमा आफु र निस्दी गाउँपालिकाले जनताको मर्म अनुरुप चल्ने बताउनुभयो ।

रैनादेवी छहरा गाउँपालिकाका वडा नम्बर ४ का अध्यक्ष गोबिन्द रायमाझीले बनको मालिक हो भन्ने बनाउन पनि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । रामपुर नगरपालिका वडा नम्बर ४ का नवनिर्वाचित सदस्य ताजिम महमद शेखले अब बनको बिकास र व्यबस्थापनमा उपभोक्ता र राज्य नै लाग्नुपर्ने बताउनुभयो । बन महासंघका तानसेन नगर सदस्य तथा तानसेन ३ का वडा सदस्य लक्ष्मी पाण्डेले स्थानीयको भावना अनुरुप काम गर्ने बताउनुभयो ।

पत्रकार सीता डोटेलले महिलाको समान अधिकार र पहुचमा सामुदायिक बन उपभोक्ता महासंघ नेपालमा नमुना रहेको बताउनुभयो । पत्रकार बिजय बौडेलले बनले हरियालीलाई स्थायित्व गराएको बताउनुभयो।

बन महासंघका प्रदेश सचिवालय सदस्य कल्पना भण्डारी, बन महासंघका प्रदेश सदस्य बिन्दु श्रेष्ठ, भोग बहादुर बि.क., श्रीकृष्ण नेपाल, जिल्ला सदस्य टिकाराम पोखरेलले स्थानीय सरकारको टिमलाई आत्मसाथ हुने गरि पालिकामा कार्यक्रम गर्ने बताउनुभयो ।

सामुदायिक बनका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, रामपुर महासंघका अध्यक्ष मित्रा ढकालको स्वागत र बन महासंघ जिल्ला सचिव उमा बिसीको संचालनमा कार्यक्रम चलेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com