2

Logo २०८३ बैशाख १४ सोमबार
विद्यार्थीको लेखन सुर्धान हस्तलेखन तालिम

विद्यार्थीको लेखन सुर्धान हस्तलेखन तालिम


Sabalnews प्रकाशित मिति : बिहिबार, पौस १० २०८२
176

पाल्पा ।

विद्यार्थीको सिकाईमा उच्च मूल्याकंन लेखन शैली पनि हो । विद्यार्थीको सिकाई जाच गर्ने माध्यममा शुद्धता सगैं लेखन शैलीले पनि महत्वपुर्ण भुमिका खेल्दछ ।

उच्च शिक्षामा सुन्दर लेखन शैलीको लागि छुटै मुल्याकंन समेत हुन्छ । त्यसैले लेखन शैली बानी हो । शब्द थुपारेर मात्र नभई लेखनलाई मिठास र उस्तै प्रस्तुति महत्वपुर्ण मानिन्छ । लाएको बानी सुधार्न कठिन छ त्यसैले पछिल्लो समय बिद्यालयको सानो कक्षा देखि नै सुन्दर लेखन शैलीको अभ्यास विद्यार्थीमा गरिदैछ । यसको प्रभाव विद्यार्थीमा छ ।

रामपुर क्षेत्रका विभिन्न वडाका विद्यालयमा यसबर्षदेखि अभियानकै रुपमा हस्तलेखन सुधार कार्यक्रम सञ्चालन गरिएको छ । रामपुर नगरपालिका वडा नम्बर ६ को नवदुर्गा माविमा चलेको एकहप्ता बढी चलेको तालिमबाट धेरै विद्यार्थीले आफ्नो अक्षर सुधारेको वडा अध्यक्ष दिवाकर देवकोटाले बताउनुभयो । हत्तपत्त लेख्ने विद्यार्थी पनि सुरले लेख्न थालेका छन् । स्कुल, घर बाहिर जहाँ हुन्छ, लेखनमा ध्यान दिई तालिममा सिकेका सीपलाई व्यबहारिक गर्न भनिएको छ उहाँले भन्नुभयो ।

मंसिर २८ देखि पुष८ सम्म चलेको तालिमको समापनको बखत कक्षा १ देखि १० सम्मका ५० जना विद्यार्थीमा प्रतिस्पर्धा गराइएको छ । कक्षा ३/४, ५/६ र ८, ९ र १० कक्षा बीच प्रतिस्पर्धा गराई ४/ ४ जना गरि १२ जना पुरस्कृत गरिएको छ ।

प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले सिकाई कहिल्यै पूरा नहुने भन्दै तालिमले बाटो देखाएको र त्यही बाटो पछ्याउन सहभागीलाई अनुरोध गर्नुभयो । उहाँले राम्रो अक्षर लेख्नाले निजामती र अन्य ठाउँमा जागिर संगै व्यक्तित्वलाई सुन्दर बनाउने धारणा राख्नुभयो।

प्रशासकीय अधिकृत पण्डित, वडाध्यक्ष दिवाकर देवकोटाले प्रमाणपत्र प्रदान गर्नुभयो । रामपुर नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयको बालबालिका प्रोत्साहन कार्यक्रम अन्तर्गत चलेको तालिम राईजिङ दिप एजुकेशन हव तिलोत्तमा १ रूपन्देहीको समन्वयमा चलेको वडा सचिव महेश भट्टराईले जानकारी दिनुभयो ।

यस्तै तालिम रामपुर नगरपालिका ४ का वडाका विद्यालयमा समेत आयोजना गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com