2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर सहकारीले सम्पन्न गर्‍यो १८ औं बार्षिक साधारण सभा

रामपुर सहकारीले सम्पन्न गर्‍यो १८ औं बार्षिक साधारण सभा


Sabalnews प्रकाशित मिति : शनिबार, पौस ५ २०८२
232

पाल्पा ।

रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न सभाका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठले सहकारीबाट बढी महिला दिदीबहिनी उद्यमशील हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा पछिल्लो समय सहकारीमा जुन समस्या देखिएको छ, सरकारले सहकारीलाई थप कडाइका साथ नियमन गर्दै लगेको छ, तर रामपुर सहकारीले आफ्नै गाउँ घरमा आफू र आफन्ती छिमेकीबाट चलिरहेकोले डर नहुने बरु आर्थिक सशक्तीकरणमा जोड दिँदै सबैले सघाउनु पर्ने बताउनुभयो । श्रेष्ठले लुम्बिनी प्रदेश सरकारअन्तर्गत रहेका करिब ७ सय ७३ वटा सहकारी संस्थामध्ये रामपुर बचत तथा ऋण सहकारी संस्था अनुकरणीय र सहकारी अभियानलाई दिगो, पारदर्शी र विश्वसनीय बनाउन नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

संस्थाका उपाध्यक्ष बावुराम श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आइक्यानका अध्यक्ष निलबहादुर सारुले देशमा सहकारी सञ्चालन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा रामपुर सहकारीले गरेका सकारात्मक कामको प्रशंसा गर्नुभयो ।

रामपुर फनपार्क मटेरीमा चलेको कार्यक्रममा पूर्व उपाध्यक्ष नगिलाल पौडेल, शेयर सदस्य दुर्गादेवी राना, शेयरधनी विष्णुप्रसाद बस्यालले वर्तमान अवस्थामा सहकारीको भूमिका, आवश्यकता र महत्वबारे आ–आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृतिनाथ श्रेष्ठले गर्नुभएको हो ।

साधारणसभाका अवसरमा अध्यक्ष गुरुप्रसाद रेग्मीले वार्षिक प्रगति प्रतिवेदन र सचिव कृतिनाथ श्रेष्ठले प्रस्तावित नीति तथा कार्यक्रम प्रतिवेदन पेश गर्नुभयो । कोषाध्यक्ष बन्दना पोख्रेलले आर्थिक प्रतिवेदन र लेखा परीक्षण समिति संयोजक होमनाथ अर्यालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नियमित बचतकर्ता, बाल बचतकर्ता, दैनिक बचतकर्ता, असल ऋणकर्ता तथा रेमिट्यान्स बचतकर्तामध्ये १२ जनालाई नगद, सम्मानपत्र प्रदान संगै खादा ओढाएर सम्मान गरिएको थियो । साथै चिठ्ठामार्फत ८० जना शेयर सदस्यलाई थर्मस वितरण गरिएको छ ।

विधागत पुरस्कारतर्फ नियमित बचतमा उमाकुमारी श्रेष्ठ र नन्दलाल श्रेष्ठ, बाल बचतमा सरगम वस्ताकोटी र स्ट्रोमी राना, असल ऋण सदुपयोगकर्तामा मिना सिग्देल र महेन्द्र सुनार, दैनिक बचततर्फ बिनिता खड्का र तीर्थप्रसाद पङ्गेनी, ऐच्छिक बचततर्फ बसन्ती आले र टिकाराम न्यौपाने तथा रेमिट्यान्स कारोबारतर्फ धनमाया दर्जी र रीमा गैरे सम्मानित हुनुभएको छ ।

कार्यक्रममा रामपुर अंग्रेजी आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने सहकारीका सुरक्षागार्ड राजु सुनारले सहकारीसम्बन्धी गीत गाउनुभयो ।

रामपुर बचत तथा ऋण सहकारी संस्थामा हाल ४ हजार ५ सय ४ जना शेयर सदस्य आबद्ध छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com