केपी ओली दरिलो बन्दै, तेस्रोपटक एमाले अध्यक्षमा निर्वाचित
काठमाडौं ।
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली पुन: तेस्रो पटक निर्वाचित हुनुुुभएको छ। भृकुटीमण्डपमा भएको पार्टीको ११औँ महाधिवेशनमा ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै ओली तेस्रोपटक पार्टीको अध्यक्षमा विजयी हुनुुुभएको हो ।
अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गर्नुुुभयो । नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई ५६ मतले पराजित गरेर ओली पहिलोपटक अध्यक्षमा निर्वाचित हुनु भएयता निरन्तर बिजयी हुनुभएको छ ।
त्यस्तै, दशौँ महाधिवेशनमा भीम रावललाई पराजित गरेर उहाँ दोस्रोपटक अध्यक्षमा र ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा भएको निर्वाचनमा उहाँ अध्यक्षमा बिजयी हुनुभयो ।
२ हजार २ सय ६३ प्रतिनिधि भएको एमालेको महाधिबेसनमा २ हजार २ सय २७ प्रतिनिधिले मतदान गरेका थिए ।