2

Logo २०८३ बैशाख १३ आइतबार
एउटै विद्यालयमा ३९ अक्षयकोष, १०० विद्यार्थीलाई छात्रवृत्ति

एउटै विद्यालयमा ३९ अक्षयकोष, १०० विद्यार्थीलाई छात्रवृत्ति


Sabalnews प्रकाशित मिति : मंगलबार, पौस १ २०८२
204

पाल्पा ।

पाल्पाको रामपुरमा रहेको रामतुलसी नमुना माध्यमिक विद्यालय स्थापनाको ५८ औँ वार्षिक उत्सवमा १०० विद्यार्थी पुरस्कृत तथा सम्मानित भएका छन् । बार्षिकोत्सवको अबसरमा सोमबार भएको कार्यक्रममा विद्यालयमा स्थापना भएका ३९ वटा अक्षयकोष, स्नेह कोष र सम्मान कोषमार्फत १०० को हाराहारीमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विशाल श्रेष्ठ (अशोक) को अध्यक्षतामा भएको कार्यक्रममा अक्षयकोषका संस्थापक तथा संरक्षकहरूको उपस्थितिमा विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रममा रामपुर नगरपालिका–५ का वडाध्यक्ष दुर्गा प्रसाद पोखरेल, वडा नं. ४ का वडाध्यक्ष राम बहादुर राना तथा भूपू विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कंडेलले विद्यार्थी र विद्यालयको शैक्षिक लगावको प्रशंसा गर्दै अब्बल बन्न बनाउन प्ररित गर्नुुुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यालयमा स्थापना भएका विभिन्न अक्षयकोषको उद्देश्य र महत्वबारे जानकारी गराउनु भएको थियो । उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने, आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा फरक क्षमता भएका विद्यार्थीहरूलाई विशेष रूपमा छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रमको सञ्चालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नु भएको थियो । यस अवसरमा वार्षिक उत्सवको क्रममा आयोजना गरिएका विभिन्न प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो भने विद्यार्थीहरूले नृत्य, गीत तथा अन्य प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

वार्षिक उत्सव विशेष समारोह अन्तर्गत मंगलबार विद्यालयमा खाना उत्सव, शैक्षिक तथा चित्रकला प्रदर्शनीलगायत विविध कार्यक्रम आयोजना हुने विद्यालयले जानकारी दिएको छ । उत्सवको पूर्वसन्ध्यामा सोमबार साँझ विद्यालय परिसरमा दीप प्रज्वलन समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com