2

Logo २०८३ बैशाख १३ आइतबार
तोकिएको मितिमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं– प्रधानमन्त्री कार्की

तोकिएको मितिमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं– प्रधानमन्त्री कार्की


Sabalnews प्रकाशित मिति : बिहिबार, मंसिर १९ २०८२
239

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमा निर्वाचन गरि युवा शक्तिको हातमा सत्ता सुम्पिनका लागि फागुन २१ को आम निर्वाचन सम्पन्न गर्ने गरि तयारी गरिरहेको बताउनुभएको छ ।

बिहीबार वसन्तपुरमा आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यकासाथ सरकार पुर्ण रुपमा तयारीमा जुटेको बताउनुभएको हो । यस अभियानलाई सफल पार्न सबै नेपालीको सहयोगको छ उहाँले भन्नुभयो– ‘सरकारले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तिव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने दायित्व हो । तसर्थ घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार पुर्ण रुपले तयारीमा जुटेको छ ।

उहाँले जेनजी आन्दोलनसँगै घटेका घट्नाबाट पाठ सिक्दै मुलुकको युवा शक्तिको माग पूरा गर्न सबैले कटिबद्ध भएर लाग्न जरुरी रहेको बताउनुभयो । ‘भदौं २३ र २४ गतेको जेनजी आन्दोलनसँगै घटेका घटनाबाट पाठ सिक्दै मुलुकको युवा शक्तिले भ्रष्टाचारको अन्त्य, सुशासनको पुर्नस्थापना, आम नागरिकलाई रोजगारीको माग गरेको छ, ती चाहना पूरा गर्न सबै कटिबद्ध हुनैपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com