एनआईसी एशिया बैंकको सीईओमा सुजित कुमार शाक्य
काठमाडौं ।
बैंकिङ्ग क्षेत्रमा दख्खल राख्ने अनुभवी बैंकर सुजित कुमार शाक्यले एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदभार ग्रहण गर्नुभएको छ ।
सोमबार बसेकाे सञ्चालक समितिको ७३६ औँ बैठकले शाक्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
झन्डै तीन दशकभन्दा लामो बैंकिङ्ग अनुभव सँगालेका शाक्यको आगमनले एनआईसी एशिया बैंकको नेतृत्वमा नयाँ उर्जा र गतिशीलता थपिने अपेक्षा गरिएको छ । पदभार ग्रहण समारोहमा बैंकका सञ्चालक समिति सदस्यहरू तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।