2

Logo २०८३ बैशाख १३ आइतबार
तिहार अघिसम्म पाल्पामा थपिए ४ सय ३३ नयाँ मतदाता

तिहार अघिसम्म पाल्पामा थपिए ४ सय ३३ नयाँ मतदाता


Sabalnews प्रकाशित मिति : बुधबार, कार्तिक १३ २०८२
267

पाल्पा ।

पाल्पामा ४ सय ३३ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय, पाल्पाले विशेष मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेपछि ती मतदाता थपिएका हुन् । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी जारी मतदाता नामावली सङ्कलनमा नाम दर्ता गराउनेहरूमा पाल्पामा युवा बढी सक्रिय देखिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय पाल्पाले आयोगको निर्देशनपछि थालेको मतदाता नामावली सङ्कलनमा नाम दर्ता गराउनेहरूमा युवाको सक्रियता बढी देखिएको निर्वाचन अधिकृत महेश शर्माले जानकारी दिनुभयो । सार्वजनिक विदाको दिन बाहेक बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मतदाता नामावली सङ्कलनको काम सूचारु रहेकोमा कार्तिक २ गतेसम्म ४३३ नयाँ मतदाता थपिएका हुन् ।

सरकारले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जेनजीको पनि मतदानमा बढीभन्दा बढी मताधिकार प्रयोग होस् भन्ने अभिप्रायले मतदाता नामावली सङ्कलन थालेको हो । असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली सङ्कलन कार्य आगामी ३० गतेसम्म सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय पाल्पाका कम्प्युटर अधिकृत थमन सारुले कार्तिक २ गतेसम्म पाल्पामा पुरुष २६० र महिला २६० जनाले मतदाता नामावलीमा नाम सङ्कलन गराएको जानकारी दिनुभयो । पाल्पामा जम्मा तीन लाख ३६ हजार ९५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

पाल्पामा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा २ लाख १ हजार ३ सय २६ जना मतदाता रहेका थिए । यसमध्ये ९८ हजार २ सय ८ पुरुष र १ लाख ३ हजार १ सय १८ जना महिला मतदाता थिए । जिल्लामा प्रतिनिधि सभाका दुई निर्वाचन क्षेत्र छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com