स्याङ्जामा मोटरसाइकल दुर्घटनामा कृषि प्राबिधिकको मृत्यु
स्याङ्जा ।
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा १४ मा शुक्रबार दिउँसो ४ बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटनामा परी पुतलीबजार नगरपालिका वडा १४ लामागे लम्साल डाडा बस्ने ४५ वर्षीय माधव प्रसाद लम्सालको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । लम्साल यस अघि स्याङ्जामा प्रधानमन्त्री कृषि परियोजनाको प्रमुख हुनुहुन्थ्यो भने हाल कास्की प्रमुख रहनुभएको थियो ।
आमडाडाँस्थित सतहु पुतलीखेत भित्री सडकखण्डमा सतहुबाट लामागे आउँदै गरेको लु ५९ प ३७९७ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हँदा लम्सालको मृत्यु भएको हो ।
मोटरसाइकल सडकबाट अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले बताएको छ । लम्साल राष्ट्रिय कृषि परियोजना इकाइ कार्यालय कास्कीका कार्यालय प्रमुख हुनुहुन्थ्यो ।