पाल्पाली उपभाेक्ताकाे माग धान्न सकेन स्थानीय फुलले
पाल्पा ।
याे वर्षकाे भाइटीकामा फुल भेटिन गाह्रो भयो । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाइ विभिन्न जातका फुलका माला लगाइदिने प्रचलन छ । दाजुभाइले पनि दिदीबहिनीलाई फुलको माला लगाईदिने प्रचलन बढेको छ ।
केही वर्षदेखि स्थानीय सेतरमा उत्पादन भएका फुलका माला बजारमा पाइन थालेकाे थियाे । तर याे वर्ष भने उपभाेक्ताले खाेजेअनुसारकाे फुलमाला पाउन नसकेकाे गुनासाे गरेका छन् । यसपटक पाल्पाका किसानले लगाएकाे फुल बारीमा राम्राेसँग फुल्न पाएकाे छैन ।
व्यापार गर्ने किसान थपिदै जानू विद्यालय, घरघरमा समेत गतवर्ष फुल लगाएर उत्पादनका सबै फुल बिक्न नसकेपछि यस बर्ष फुल पनि कम लगाइएको छ ।
केही समयदेखि निरन्तर पानी परेकाले बारीमा लगाएका फुल समयमै फुल्न नपाएकाे किसानकाे भनाइ छ । फुलेका फुलका माला र थुँगा पनि खाेसाखाेसकाे अवस्थामा पुगेकाे छ । फुलका माला र फुल नपाउँदा बजारमा उपभाेक्तालाई महङ्गाे परेकाे छ ।
गत वर्षभने पर्याप्त मात्रामा स्थानीय पुलका सामग्री बजार ढाकेकाे थियाे । यसबर्ष किलोको हिसाब भन्दा मालाको दर नै महङ्गो भएपछि व्यापारीले केही किलोगत बिक्रि गरेपनि माला नै धेरै बेचेको बताएका छन् । फुल उत्पादन राम्रो भएको पाल्पाको रामपुरमा समेत यसबर्ष फुल अभाव बढेको छ । पोखरामा झण्डै ८०० सम्म एउटा मालालाई परेको बताएका छन् ।