कार्य सम्पादन मुल्याङ्कनमा पाल्पा प्रशासन देशमै छैठाैँ स्थानमा
पाल्पा ।
आ.व. ०८१/८२ को कार्यसम्पादन मुल्यांकनमा जिल्ला प्रशासन कार्यालय पाल्पा ९५.०७५ अंक सहित देशभरिमै छैठाै बनेकाे छ ।
पाल्पाभन्दा पर्वत, भक्तपुर, नुवाकाेट, मनाङ् र धनकुटा जिल्ला अघि रहेका छन् । त्रैमासिक रूपमा प्रशासनले दिने सेवा, ताेकिएकाे काम, अन्य गतिविधिमा भएकाे मुल्याङ्कनमा पाल्पा छैठाैँ बनेकाे हाे। अघिल्लाे आव २०८०/०८१ मा ९७.७५ अङ्कसहित पाल्पा देशभरिमा दाेस्राे बनेकाे थियाे ।
पछिल्लाे आर्थिक वर्ष २०८१/०८२ मा भने पाल्पाले कम अङ्कसहित खस्केकाे छ । यस आर्थिक वर्ष शुरु भएपछि सुधार भएको हो ।