2

Logo २०८३ बैशाख १३ आइतबार
लालीगुराँस कप: एलजी(सेतो), भगवती र फ्रेन्ड्स क्लब क्वाटरफाइनलमा प्रवेश

लालीगुराँस कप: एलजी(सेतो), भगवती र फ्रेन्ड्स क्लब क्वाटरफाइनलमा प्रवेश


Sabalnews प्रकाशित मिति : मंगलबार, असोज २१ २०८२
421

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिका ५, मटेरीमा जारी प्रथम लालीगुराँस कप यू–१९ सेभेन ए साइड राष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक एलजी एसोसिएसन (सेतो), भगवती युवा र फ्रेन्ड्स क्बल मंगलबार क्वाटरफाइनलमा प्रबेश गरेका  छन् ।

३ खेल अन्तर्गत भएको पहिलो खेलमा एलजी (सेतो) ले डेढगाउँ एफसी नवलपुरलाई ९–० को फराकिलो गोल अन्तरले हराउँदै क्वाटरफाइलनको यात्रा तय गरेको हो । खेलमा एलजी (सेतो) का सुनिल थापा म्यान अफ दि म्याच घोषित भए । दोस्रो खेलमा भगवती एफसी तानसेनले भुपु चोक चापाकोटलाई २–० ले पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो । खेलमा भगवतीका दान बहादुर बुढा मगर म्यान अफ दि म्याच भए ।

त्यस्तै मंगलबारकै अन्तिम खेलमा फ्रेण्डस क्लब काठमाडौले मकवानपुरलाई पेनाल्टी शुटआउटमा हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको छ । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि फ्रेण्डसले प्रतिस्पर्धात्मक टाईब्रेकरमा नतिजा आफ्नो पक्षमा पारेको हो । खेलमा फ्रेण्डसका अस्मिर गोम्बा म्यान अफ दि म्याच घोषित ठहरिए ।

प्रतियोगिता अन्तर्गत बुधबार क्वाटर फाईनल सहितको चार खेल हुने खेल संयोजक मधुसुदन पोखरेलले जानकारी दिए । प्रतियोगिताको फाईनल खेल असोज २५ गते हुनेछ ।

यू–१९ सेभेन ए साईड राष्ट्रिय फुटबल प्रतियोगिताको विजेता समूहले नगद २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । सेमिफाइनल पुगेको टोलीले २५ हजार रुपैयाँ नगद र ट्रफी पाउनेछ । उत्कृष्ट खेलाडी, डिफेन्स, गोलरक्षक, फर्वार्ड, मिडफिल्डर, स्थानीय खेलाडी, प्रशिक्षक लगायत विभिन्न विधामा उत्कृष्टलाई नगद, ट्रफी र प्रमाण–पत्रद्वारा सम्मान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित गरि पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा काठमाडौ, पोखरा, बुटवल, चितवन, मकवानपुर सहित विभिन्न स्थानका १८ समूहको सहभागिता रहेको छ । प्रतियोगिताको सहआयोजकमा युथ युनियन मटेरी, प्रायोजक रामपुर नगरपालिका र सहयोगीहरुमा लालीगुराँस एसोसियशन नेपाल, एन्फा, मर्दीखोला युनाईटेड र रामपुर जेसिस रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com