2

Logo २०८३ बैशाख १३ आइतबार
आज नवरात्रको अन्तिम दिन देवी सिद्धिदात्रीको पूजाआराधना गरिदै

आज नवरात्रको अन्तिम दिन देवी सिद्धिदात्रीको पूजाआराधना गरिदै


Sabalnews प्रकाशित मिति : बुधबार, असोज १५ २०८२
358

काठमाडौं ।

आश्विन शुक्ल नवमीका दिन आज नवरात्रको अन्तिम दिन देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमीमा वैदिक परम्पराअनुसार सिद्धिदात्री देवीको पूजा गरिन्छ, जसले मुमुक्षुहरूलाई मोक्ष र भक्तजनको मनकामना पूरा गर्ने विश्वास छ। नवदुर्गा गणकी नवौँ देवी मानिने सिद्धिदात्री देवीलाई सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूले सेवा गर्ने भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी शैलपुत्रीको पूजा सुरु भएको थियो र त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि र महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरियो। प्रत्येक दिन भक्तजनहरूले घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्दै पूजा आराधना गरेका छन्।

नवरात्रको नवमी अर्थात् आज सिद्धिदात्री देवीको पूजा विशेष महत्व राख्छ। वैदिक सनातन परम्पराअनुसार नौ दिनसम्म आराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म राख्न सकिन्छ। असोज १६ गते बिहीबार विजयादशमी परेको छ र बिहान ११ः५३ को साइतमा टीका लगाउन शास्त्रीय रूपमा उत्तम मानेको छ।

नवरात्रको अन्तिम दिन भएकाले शक्तिपीठ, मन्दिर तथा घरघरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। बलीसहित पूजा आराधना गरी नेपालीले आजको दिनलाई धार्मिक विश्वास र भक्ति भावका साथ विशेष रूपमा मनाउँछन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com