८ नम्बर वडाले गर्यो चाडपर्वको शुभकामना आदान प्रदान सहित विद्यार्थी सम्मान
पाल्पा ।
रामपुर नगरपालिका वडा नम्बर ८ ले वडाभित्रको विद्यालयबाट कक्षा १२ मा उत्कृष्ट नतिजा लाउने विद्यार्थी र एसइईमा ए प्लस ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
वडाको एकमात्र माध्यमिक विद्यालय गंगा माविबाट एसइईमा ए प्लस ल्याउने विद्यार्थी आषिश श्रेष्ठ, आकाश देवकोटा, प्रतिक अधिकारी, समिर मानन्धरलाई र कक्ष १२ मा ए प्लस ल्याउने विद्यार्थी हिमानी जिटि र हेमकला सेनलाई नगर प्रमुख रमण बहादुर थापा, वडाध्यक्ष दिनेश आचार्यले सम्मान पत्र र नगद सहिद फुलमाला अविरले सम्मान गर्नुभएको हो ।
वडा कार्यालय कुमराङमा भएको कार्यक्रममा विद्यार्थी सम्मान गर्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले उत्कृष्ट विद्यार्थीलाई बधाई दिदै राम्रा कुरालाई आत्मसाथ गर्दै अगाडि बढ्न अनुरोध गर्नुभयो । उहाँले सामाजिक सन्देशमा जे पायो त्यही लेख्ने नकारात्मक मात्र भन्दा सकारात्मक र सुझाबहरु लेख्न र हेर्न समेत उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा गंगा माध्यामिक विद्यालयका प्रधानाध्यापक देबराज देबकोटाले वडाले शैक्षिक विकासमा काम गरौ भन्दा २ महिना विद्यालय राखेर विद्यार्थी पढाउन सहयोग गरेकोले सोही जगले पनि राम्रो नतिजा आएको बताउनुभयो । नेपाली काङ्ग्रेस वडा कार्यसमिति सभापति गंगा बहादुर आचार्य, नेकपा एमाले वडाकमिटी अध्यक्ष शिव प्रसाद अधिकारी, खालिबन स्वास्थ्य चौकीका प्रमुख सुबास अधिकारी, ४ नम्बर टोल संयोजक मुक्तिप्रसाद न्यौपाने, पत्रकार रमा भण्डारी, अपांग समन्वय समिति वडा नम्बर ८ का संयोजक देबिलाल अधिकारी, अभिभाबक प्रकाश अधिकारी, विद्यार्थी हिमानी जिटी लगायतले बोल्दै हिन्दु नेपालीहरुको महान चाड बिजयादशमी तथा दिपावलिको सबैमा शुभकामना सहित वडाले विद्यार्थी सम्मान गरेकोमा धन्यवाद दिनुभयो ।
वडा कार्यलयको सभाहलमा वडा अध्यक्ष दिनेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै आचार्यले राम्रो नतिजा ल्याउने विद्यार्थीलाई बधाई सहित चाडबाडको समयमा स्वास्थ्य सुरक्षा र समाजमा ध्यान दिन आग्रह गर्दै वडामा यसबर्ष विभिन्न योजनामा ३ करोडको काम हुने जानकारी दिनुभयो ।
रामपुर नगरपालिका वडा नम्वर ८ का वडा सदस्य विष्णुमाया गैह्रेको स्वागतबाट शुरु भएको हो भने संचालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको हो ।