वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त
काठमाडौं ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ताको रूपमा नियुक्त गर्नुभएको छ ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी सविता भण्डारी नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता बन्नु भएको हो । यसअघिका अधिवक्ता रमेश बडालले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँको राजीनामा स्वीकृत गरिसकेका छन्।
त्यसैगरी, प्रधानमन्त्री कार्की आज सोमबार ३ जना मन्त्रीलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको सपथ खुवाउनुभयो ।
कार्की नेपालको इतिहासकी पहिलो महिला प्रधानमन्त्री बन्नुभएको हो। उहाँकाे शपथ ग्रहणपछि प्रतिनिधिसभा विघटन गरि फागुन २१ गतेलाई चुनावको मिति घोषणा भइसकेको छ।