लक्ष्मी लघुवित्त वित्तीय संस्थाद्दारा मृत्यु दाबी भुक्तानी
पाल्पा ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड सदावर्त शाखा कार्यालयले आफ्नो सदस्यको निधनमा मृत्यु दाबी भुक्तानी गरेको छ ।
लक्ष्मी लघुबित्त बित्तियद्दारा संचालित केन्द्र न. ३९ कि सदस्य बेनुकला सुनारको कालगतिले मृत्यु भएकोमा सस्थाले निज सदस्यको पति गोपाल बहादुर सुनार लाई दाबी भुक्तानी गरेको हो ।
बित्तीय सस्थाले रु ४ लाख २९ हजार ८ सय ५८ रुपैया ३५ पैसा बराबरको चेक हस्तान्तरण गरेको शाखाले जनाएको छ । साथै उक्त कार्यक्रममा स्थानिय, केन्द्रका सदस्य तथा अभिभावकहरुलाई वित्तिय साक्षरता कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रममा मुख्यतय बिमाको महत्त्व र आवश्यकता बारे छ्लफल गरि उपस्थितहरुलाई जानकारी गराईयो ।