श्रावणी शिवमहापुराणको खर्च सार्वजनिक
पाल्पा ।
सांगितिक पाठशाला संचालनार्थ पाल्पाको रामपुरमा श्रावणमहिनामा चलेको श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ एंव श्रावणी महोत्सवको खर्च सार्वजनिक गरएिको छ । श्रीमद्भागवत शिवमहापुराण ज्ञान महायज्ञ एवम् श्रावणी महोत्सव मूलआयोजक समतिले महायज्ञ सकिएको केही समयमा पत्रकार भेटघाट गरि खर्च सार्वजनिक गरेको हो ।
रामपुर नगरपालकिा- ६ पूर्वटारमा साउन १२ देखि ३१ गतेसम्म संगित पाठशाला सञ्चालन सहयोगार्थ रामपुर भजन कृतन मण्डली तथा भजनकृर्तन समाजले कार्यक्रम गरेको थियो । ज्ञान महायज्ञ एवम् श्रावणी महोत्सव मूलआयोजक समितिका अध्यक्ष कृष्ण प्रसाद अर्यालले यज्ञमा ३० लाख ४४ हजार ७ सय २ रुपियाँ आम्दानी र १६ लाख १९ हजार ४ सय ३३ रुपयाँ खर्च भएको बताउनुभयो ।
यज्ञबाट १४ लाख २५ हजार २६९ रुपयिाँ बचत भएको छ । आम्दानी मध्य दान रकम २९ लाख ७४ हजार १ सय ४४ रुपयाँ, दान पेटिकाबाट ७० हजार ५५८ रुपयाँ संकलन भएको हो । संस्थाको कोषमा हुने गरि १२ लाख ९९ हजार २ सय ५८ रुपयाँ सहकारीमा बचत रहेको र एक लाख २६ हजार ११ रुपैयाँ उठ्न बाँकी रहेको जानकारी दिइएको छ । संयोजक अर्यालले यज्ञ सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै उद्देश्य अनुसार काम अघि बढाउन पनि सबै तत्पर हुनुपर्ने उल्लेख गर्नुभयो ।
यज्ञ सञ्चालन र व्यवस्थापनमा १६ लाख १९ हजार ४३३ रुपयाँ जसमध्ये पण्डति तथा भजन कर्तिन व्यवस्थापनमा ४ लाख ५८ हजार ४सय४, भान्सा, प्रसादी तथा पुजा व्यवस्थापनमा १ लाख ७८ हजार ९सय ४३, छपाइ व्यवस्थापन प्रेस ३ लाख १० हजार १ सय ११, टेन्ट, साउण्ड तथा कुर्ची व्यवस्थापनमा २ लाख ५७ हजार २ सय ८५, वद्यिुत खानेपानी तथा सरसफाईमा ३८ हजार ८ सय ७, सम्मान सामग्री व्यवस्थापनमा १ लाख ८ हजार ७०, यातायात व्यवस्थापनमा १३ हजार ५सय, सूचना सञ्चार तथा भडियिो छायाङ्कनमा ९४ हजार, स्टेशनरी सामान २ हजार ९ सय ८, यज्ञ व्यवस्थापनमा १ लाख ५७ हजार ४ सय ५ खर्च भएको छ ।
कार्यक्रममा रामपुर भजन कृर्तन मण्डलीका सल्लाहाकार देवराज ढकाल, हुमनाथ न्यौपाने र बिष्णुमायाँ ढकाल लगाएतले आ–आफ्ना सुझाव सहित भनाई राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन रामपुर भजन कृतन मण्डलीका सचिव पुरुषोत्तम ढकालले गर्नुभएको हो ।