2

Logo २०८३ बैशाख १३ आइतबार
सिद्धार्थ राजमार्गमा लागुऔषध सहित एक युवक पक्राउ

सिद्धार्थ राजमार्गमा लागुऔषध सहित एक युवक पक्राउ


Sabalnews प्रकाशित मिति : मंगलबार, साउन १४ २०८२
813

स्याङ्जा

स्याङ्जाको गल्याङ नगरपालिका १ राम्दीस्थित सिद्धार्थ राजमार्गमा सवारी चेकजाँचको क्रममा मंगलबार लागू औषधसहित एक युवक पक्राउ परेका छन् ।

साउन १३ गते अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले भैरहवाबाट पोखरातर्फ गइरहेको ना ५ ख ६९४७ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा नवलपरासी (पूर्व) विनयत्रिवेणी गाउँपालिका ७ शिवपुर घर भएका ३१ वर्षीय कृष्ण बहादुर रानालाई शंकास्पद अवस्थामा जाँच गर्दा ठूलो परिमाणमा नियन्त्रित लागू औषध फेला परेको हो ।

प्रहरीले रानाको साथबाट ओनेरेक्स १०० एमएलका १० बोतल, ट्रमाडोल क्याप्सुल ८४ ट्याब्लेट, नाइट्राभेट ६० ट्याब्लेट, बुप्रेनोर्फिन इन्जेक्सन ५९ एम्पुल, फेनेरागन ५९ एम्पुल, डाइजेपाम इन्जेक्सन ५९ एम्पुल र सिरिन्जसहितको सुई एक थानसहित ठूलो मात्रामा नियन्त्रित लागू औषध बरामद गरेको जनाएको छ ।

पक्राउ परेका रानालाई लागू औषधसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइ स्याङ्जा जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

प्रहरीले लागू औषध नियन्त्रण तथा ओसारपसार विरुद्धको निगरानी अझ कडा बनाएको भन्दै आगामी दिनमा यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कडाभन्दा कडा कारबाही गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com