2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा हरेक वर्ष बढ्दै सम्बन्ध विच्छेदका घटना

पाल्पामा हरेक वर्ष बढ्दै सम्बन्ध विच्छेदका घटना


Sabalnews प्रकाशित मिति : आइतबार, साउन १२ २०८२
722

पाल्पा ।

पारिवारिक बेमेलका कारण श्रीमान्–श्रीमतीबीच सम्बन्ध विच्छेद हुने क्रम पाल्पामा बढ्दो छ । स्वतन्त्र हुने चाहना, वैदेशिक रोजगारी र सामाजिक सञ्जालको प्रयोगले पारिवारिक बेमेल बढ्दा सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको जिल्ला अदालत पाल्पाले जनाएको छ ।

सम्बन्ध कायम गरेका श्रीमान्–श्रीमतीबीचमा पारिवारिक बेमेल बढ्दो छ, त्यसले सम्बन्ध बिच्छेदका घटना बढेका छन्, अदालतका श्रेष्तेदार केशव पराजुलीले भन्नुभयो । उहाँका अनुसार गत आव २०८१/०८२ मा अदालतमा दर्ता भएका कुल मुद्दामध्ये अधिकांश मुद्दा सम्बन्ध विच्छेदको रहेको छ ।
गत आ.व.मा जिल्ला अदालत पाल्पामा कुल मुद्दा ८ सय १५ वटा दर्ता भएकामा ४ सय ८१ वटा मुद्दा सम्बन्ध विच्छेदका थिए । त्यसमध्ये ४०४ वटा मुद्दाको फस्र्यौट भएको श्रेष्तेदार पराजुलीले जानकारी दिनुभयो ।

मुख्यतः मानिसमा स्वतन्त्र बस्ने चाहना बढ्दा सम्बन्ध विच्छेदका घटना बढेका अदालतको भनाई छ । अदालतका अनुसार पछिल्लो तीन वर्षको अवधिमा ३५६ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको छ । यो हरेक वर्ष बढ्दो क्रममा रहेको छ । उमेर नपुगी विवाह गरेका, वैदेशिक रोजगारीमा रहेका जोडीको सबैभन्दा बढी सम्बन्ध विच्छेद हुने गरेको कानुन व्यवसायी बताउँछन् ।

केही वर्षअघिसम्म सम्पत्ति र पारिवारिक हिंसा सम्बन्ध विच्छेदका प्रमुख कारण मानिन्थ्यो । अहिले स्वतन्त्र हुने चाहनाले सम्बन्ध विच्छेदका घटना बढेको कानुन व्यवसायीको भनाई छ । पछिल्ला वर्षमा सानो कुरामा बेमेल भए स्वतन्त्र बस्न चाहनाले सम्बन्ध विच्छेद गर्ने परिपाटी बढेको छ । सामाजिक सञ्जाल र वैदेशिक रोजगारीले पनि पारिवारमा सम्बन्ध बिगारेको अवस्था रहेको छ । श्रीमान् विदेशमा बस्ने श्रीमतीले सामाजिक सञ्जालबाटै परपुरुषसँग प्रेममा सम्बन्ध गाँसेर विवाह गर्नेको सङ्ख्या पनि बढेको छ ।

यसैबीच, जिल्ला अदालत पाल्पाले गत आवमा २०८१/०८२ मा लक्ष्यभन्दा १०९ वटा बढी मुद्दा फछ्र्यौट गरेको छ । गत आर्थिक वर्षमा ७०६ मुद्दा किनारा लगाउने लक्ष्य राखेकामा ८१५ वटा मुद्दा फछ्र्यौट गरी लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको जिल्ला अदालत पाल्पाले जनाएको छ । आव २०८०/०८१ बाट जिम्मेवारी सरेर आएका २७० मुद्दा र नयाँ दर्ता भएका ८१४ मुद्दा गरी जम्मा एक हजार ८४ मुद्दामध्ये ८१५ वटा मुद्दा फैसला गरेको पाल्पा अदालतले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com