2

Logo २०८३ बैशाख १३ आइतबार
धादिङमा जलवायु-स्मार्ट तरकारी खेती: आर्थिक सशक्तीकरण संगै नमुना बन्दै १७ घरधुरी

धादिङमा जलवायु-स्मार्ट तरकारी खेती: आर्थिक सशक्तीकरण संगै नमुना बन्दै १७ घरधुरी


गोमा बिष्ट प्रकाशित मिति : शुक्रबार, असार २७ २०८२
1.8K

काठमाडौं ।

बदलिंदो मौसम, अनिश्चित वर्षा र खेतीपातीमा आउने संकटहरूका बीच पनि धादिङका किसानहरूले हार मानेका छैनन्। बरु, उनीहरू जलवायु परिवर्तनसँग जुध्दै समृद्धिको बीउ आफ्नै खेतमा रोपिरहेका छन्। यस प्रेरणादायी यात्राको साथमा उभिएको छ — ROYM Nepal

AEIN – Aide à l’Enfance de l’Inde et du Népal को सहयोग, नीलकण्ठ नगरपालिका र नेत्रावती डबजोङ गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको जलवायु-स्मार्ट तरकारी खेती कार्यक्रमले किसानहरूमा सिर्जनशीलता, सीप, र सम्भावनाको ढोका खोलिदिएको छ।

किसानलाई जलवायु अनुकूल खेतीका प्रविधिहरू -जस्तै टमाटरको पात छाँट्ने, साइड सुट हटाउने, कीट र रोग नियन्त्रण (टुटा एबसोलुटा र लेट ब्लाइट) तथा 3G कटिङ प्रविधि सिकाइएको छ। तर यो केवल प्रशिक्षण होइन,एक अवसर जीवन बदल्ने मौका हो।

त्यही अवसर समात्न सफल भए १७ घरधुरी । ROYM Nepal को प्राविधिक र आर्थिक सहयोगमा चलेको कार्यक्रममा प्रायः दलित, तामाङ, र नेवार समुदायका किसानहरूले प्लास्टिक टनेल स्थापना गरेर परम्परागत अन्न खेतीलाई नगदे बालीमा रूपान्तरण गरेका छन्।

आज, ती १७ घरधुरी गाउँमै नमुना किसानका रूपमा परिचित छन्। टमाटर, करेला, काउली, खुर्सानी, काक्रो जस्ता तरकारी उत्पादनबाट उनीहरूले वार्षिक २१ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन्।

ROYM Nepal, धादिङकी सहायक प्राविधिक (बाली) सिर्जना श्रेष्ठ भन्छिन्, “तरकारी खेतीसँगै पशुपालन पनि जोडिएकोले किसानहरूले आफ्नो आम्दानीलाई अझ सुदृढ र स्थायी बनाउन सफल भएका छन्। उनीहरू अब व्यवसायिक सोचसहित आत्मनिर्भर बन्ने बाटोमा छन्।”

कार्यक्रम संयोजक अनुप खनालले “यो पहल केवल किसानहरूको आय वृद्धि होइन, समावेशी कृषिमा आधारित दीगो विकासको मोडल भएको बताए । दलित र आदिवासी समुदायका किसानहरू अहिले गाउँमै नेतृत्वदायी भूमिकामा छन्।”

ROYM Nepal ले नवप्रवर्तन, समावेशिता र जलवायु प्रतिरोधी प्रणालीको समिश्रण गर्दै किसानहरूलाई दीर्घकालीन रूपमा सक्षम बनाउने अभियान चलाइरहेको छ।

यहाँका १७ घरधुरी मात्र होइन, पूरै गाउँ उनीहरुले गरेको खेतीको बाटो पछ्याउन थालेका छन्। यो परियोजना सिर्जनशीलता, समर्पण, र सामूहिक प्रयासले परिवर्तन सम्भव छ भन्ने सशक्त उदाहरण बनेको छ।

धादिङका किसानहरूको यो सफलताको कथा अब अन्य जिल्लाहरूका लागि पनि प्रेरणाको स्रोत बन्नेछ, जसले सही समर्थन, सही ज्ञान र सही मनोबल भएमा सकारात्मक परिवर्तन र आर्थिक उन्नति गर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com