2

Logo २०८३ बैशाख १४ सोमबार
सहिद बहुमुखी क्याम्पसले पायो संचालन समिति

सहिद बहुमुखी क्याम्पसले पायो संचालन समिति


Sabalnews प्रकाशित मिति : आइतबार, असार २२ २०८२
2.1K

पाल्पा।

पाल्पाको सबैभन्दा धेरै विद्यार्थी संख्या रहेको पब्लिक क्याम्पस सहिद बहुमुखी क्याम्पसले संचालन समिति पाएको छ । निकै लामो रस्साकस्सीमा राजनितिक सहमति जुटेपछि शनिबार नयाँ सञ्चाकल समितिको पदस्थापन भएको हो ।

नवगठित समिति अध्यक्ष ढकाल

समिति निर्माणमा सहमति जुटाउन प्रदेश सभा सदस्य र नगरप्रमुखलाई जिम्मेवारी दिएसंगै पटक-पटक राजनितिक दल सरोकारवाला संग छ्लफल भईरहेको थियो । अन्ततः राजनितिक भागवण्डा र सहमतिपछि समिति चयन भएको छ ।

निवर्तमान समिति सदस्य रहनुभएका रामप्रसाद ढकाल (रमेश) को अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समितिको सपथग्रहण संगै शनिवार पदस्थापन भएको हो । समितिको सदस्यहरुमा फणेश्वर गौतम, सुकदेव पोखरेल, दुर्गा देवी पोखरेल, यम बहादुर सुनार, हरि प्रसाद गैरे, कृष्ण प्रसाद भट्टराई, सावित्रा गैरे र चन्द्रा न्यौपाने भण्डारी चयन हुनु भएको छ । शनिबार निर्वाचन मण्डलका संयोजक सुर्य प्रसाद घिमिरेले समितिलाई सपथ खुवाउनुभएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको थियो । प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग र पर्यटन समितिका संयोजक राजु प्रसाद श्रेष्ठले नयाँ गठित समितिलाई शुभकामना दिदै शैक्षिक हवको रुपमा क्याम्पस अघि बढ्नुपर्ने बताउनुभयो । जब चुनाब आउँछ समस्या आउँछ, पुर्वाधार तयार छ अब क्याम्पस सञ्चालन गर्ने वातावरण भएन भने खण्डहर हुन्छ त्यसैले सहमतिको बिकल्प थिएन र समझदारी भयो । अब क्याम्पस बौद्धिकताले चलाउनुपर्छ उहाँले भन्नुभयो ।क्याम्प्समा छात्राबास र प्राविधिक धार चलाउने कुरा छ, उपत्यकाको विकास प्रमुख हो जहाँ शहरीकरण संग संगै शैक्षिक वातावरण गराउनुपर्दछ ।

उहाँले रामपुरका सबै संघसस्थामा एकता आबश्यक रहेको उल्लेख गर्दै निर्वाचन भन्दा सर्वसहमति महत्त्वपूर्ण हुने हुँदा सर्वसहमतिमा नेतृत्व चयन हुनुपर्नेमा जोड दिनुभयो ।

पदस्थापनमा नेपाली काङ्ग्रेस नगर सचिव ओम प्रकाश बस्याल, नेकपा एमाले प्रदेश कमिटी सदस्य बुद्धिराज गौतम, नेकपा माओवादी केन्द्र रामपुर नगर अध्यक्ष भिमविश्व भट्टराई, नेकपा एकिकृत समाजवादीका जिल्ला उपाध्यक्ष कमल सेन, राष्ट्रिय जनमोर्चा रामपुरका सचिव पदम बहादुर पौडेल, वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटा, वडा नं. ७ का अध्यक्ष दोवराज तिवारी, पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष बन्दना पोखरेल, शहीद बहुमुखी क्याम्पस प्रध्यापक संघका सभापति शारदा प्रसाद पाण्डे, स्ववियु सभापति राजन गौतमले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै क्याम्पसको उन्नयनमा सबै लाग्न चिन्तन हुनुपर्ने बताउनुभयो ।

क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले निर्वाचन समिति र पदस्थापनालाई धन्यवाद नयाँ समितिलाई बधाई दिदै राजनितिक सहमतिबाट क्याम्पस बनाउनुपर्छ भन्ने व्यक्तित्व सञ्चालन समितिमा आएको, समिति र अन्य व्यक्तिहरुको सल्लाह सुझाव हौसला सदैव सस्थालाई चाहिने बताउनुभयो । काफ्लेले दल संगको प्रतिस्पर्धा हो क्याम्पस संग होइन त्यसैले सर्वसहमतिमा समिति चयनले अन्य सस्थामा पनि सर्वसहमति होस् यसको सिको क्याम्पसबाट लिनुस् उहाँले थप्नुभयो ।

सञ्चालक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईले आफ्‌नो कार्यकालमा सम्पन्न भएका काम र महायज्ञ जस्तो पबित्र कार्य गर्न सफल भएको र हाल ५ करोडको सम्पत्ति जुटाएर पद हस्तान्तरण गर्न सफल भएको बताउनुभयो । उहाँले आफ्नो समितिलाई धन्यवाद दिदै क्याम्पसको हकहित र संरक्षणमा आफ्नो सदैव साथ रहने बताउनुभयो ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुकदेव पोखरेलको स्वागत तथा सहायकप्रध्यापक एवं निर्वाचन अधिकृत सुर्य प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम भएको हो । नव गठित समितिको पहिलो बैठकले सञ्चालक समितिको पदाधिकारी सहित ३ मनोनित सदस्य मनोनित गर्नेछ ।

नवनिर्वाचित क्याम्पस सञ्चालन समिति अध्यक्ष राम प्रसाद ढकालले क्याम्पसको विकासका लागि समिति चुस्त किसिमले लाग्ने र राम्रो योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com