2

Logo २०८३ बैशाख १४ सोमबार
रास्वपाको “जनताको हस्ताक्षर अभियान” पाल्पाको रामपुरमा

रास्वपाको “जनताको हस्ताक्षर अभियान” पाल्पाको रामपुरमा


Sabalnews प्रकाशित मिति : बुधबार, असार १८ २०८२
701

पाल्पा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को “जनताको हस्ताक्षर अभियान” पाल्पाको रामपुरमा सञ्चालन भएको छ । पार्टी सभापति रवि लामिछाने माथि राजनीतिक प्रतिशोध भएको भन्दै रास्वपाले देशभर हस्ताक्षर अभियान सञ्चालन गरेको छ। मंगलबार र बुधबार रामपुरमा अभियान सञ्चालन भएको हो ।

राष्ट्रिय स्वतन्त्र पाटी रामपुर नगर कार्यसमितिले रामपुरको मुख्य बजार बेझाँड चोकमा डेक्स राखेर हस्ताक्षर संकलन गरेको नगर सभापति अर्जुन श्रेष्ठले बताउनुभयो । विहान १० बजे देखि ५ बजे सम्म अभियान चलाईएको छ, जहाँ  स्थानीय स्तस्फूर्त सहभागी भएर हस्ताक्षर गर्नुभएको छ अध्यक्ष श्रेष्ठले भन्नुभयो। रास्वपाको तेस्रो स्थापना दिवस मनाइरहेको छ ।

यसै कार्यक्रमका बखत सभापति लामिछाने माथिको अन्यायमा न्याय पाउनु पर्ने दवाव पनि यो भएको उहाँले बताउनुभयो । लामिछानेको न्याय र प्रतिशोधको लडाई अन्त्यका लागि हस्ताक्षर अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । देशभरको हस्ताक्षरमा जनता स्वत स्फूर्त सहभागी भएका छन्, मंगलबार रामपुरमा १ हजार ७ सय ६६ जनाले हस्ताक्षर गर्नु भएको छ ।

हस्ताक्षर संकलन अभियानले जनमत निर्माणमा टेवा पुर्‍याउने र सभापति लामिछानेप्रति ऐक्यबद्धता प्रकट गर्ने विश्वास रास्वपाले लिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com